जनता समाजवादी पार्टीले विरोध प्रदर्शनका क्रममा बैवाहिक अगिंकृत नागरिकताको ७ बर्से प्रावधान खारेज गर, महिला संगको विभेद अन्तय गर, रोटी बेटीको सम्बन्ध बिगार्न पाईदैन, मधेसी माथिको अत्याचार बन्द गर र केपी तिम्रो पाराले दुख पाए साराले लगाएतको नारा सहितको प्लेकार्ड लिएर विरोध प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन पछी आयोजित कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले नेकपाले नागरिकता सम्बन्धी ल्याएको संसोधन विधेयक मधेश विरोधी रहेको आरोप लगाउनु भयो ।
नेपाल र भारत विच सदियौ देखी रहेको रोटी र बेटीको सम्बन्धमा दरार पैदा गर्ने मन्सायले यो विधेयक ल्याईएको दावी गर्नु भयो ।
नागरिकता संसोधन विधेयक खारेज नभए सम्म सडक र सदन दुबै ठाउबाट संघर्ष जारी राख्ने बताउनु भयो ।
तपाईको प्रतिक्रिया