logo

एमाले उम्मेदवार न्यौपानेलाई कालिकामा मतदाताको साथ,नागरिकको सुख दुःखमा साथ रहने प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८० बैशाख ४ गते ०९: ०५ मा प्रकाशित     628   पटक पढिएको

भरतपुर। वैशाख १० को मिति नजिकिँदै गर्दा चितवन–२ को उपनिर्वाचनमा नेकपा (एमाले)बाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले चुनावी घरदैलो तीव्र पारेका छन् ।

 

न्यौपानेले चितवन २ मा पर्ने भरतपुरका सबै वडा तथा इच्छाकामना गाउँपालिकामा घरदैलो सकेर कालिका नगरपालिकामा घरदैलो गरिरहेका छन् ।

 

घरदैलोका क्रममा उम्मेदवार न्यौपानेलाई स्थानीय मतदाताले अबीर, टीका र फूलमालाले स्वागत गर्दै जितको शुभकामना दिएका छन् । उनीहरुले चितवनमा अब मंसिर ४ दोहोरीन नदिने बताएका छन् ।

 

कालिकामा घरदैलोका क्रममा मतदाताहरुले केही गर्छु भनेर आएका नयाँ उम्मेदवारलाई मंसिर ४ मा आफूहरुले निर्वाचित गरेको भन्दै अब वैशाख १० मा भने युवा उम्मेदवार न्यौपानेलाई मतदान गर्ने बताए ।

 

“मंसिरमा जिताएर पठाएको मान्छेको विवादास्पद विषयहरु सार्वजनिक भइरहेका छन्” मतदाता भन्छन्, “त्यस्ता विवादित मान्छेलाई अब हामी भोट हाल्दैनौँ, हाम्रो भोट युवा नेता रामप्रसादलाई जान्छ ।

 

” विद्यार्थी कालदेखि नै चितवनमा राजनीति गर्दै चितवनको माटोलाई चिनेको युवा उम्मेदवार न्यौपानेलाई चितवनले उम्मेदवार पाउनु खुसीको विषय भएको यहाँका मतदाताको भनाइ छ ।

 

घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले जनताको विश्वासलाई गुम्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । “मलाई यहाँका जनताको माया छ, स्नेह छ, प्रेम छ, त्यसैले म यहीँका जनताप्रति समर्पित रहनेछु” न्यौपानेले भने, “म सधैँ जनताप्रति ऋणी रहनेछु, आफ्ना मतदाताको हरेक दुःख, सुखमा साथ दिनेछु ।

 

” आफू निर्वाचित भएर गएपछि जनमैत्री ऐन, कानून निर्माणमा भूमिका खेल्नेसँगै यहाँका जनताहरुको स्वास्थ्य, शिक्षा, सडक, रोजगारलगायतका विषयमा काम गर्ने न्यौपोनले बताए ।

 

नेकपा एमालेको चुनावी प्रचारका क्रममा आज कालिका नगरपालिकाको वडा नम्बर २, ३ र ६ मा घरदैलो कार्यक्रम गरिएको छ ।

 

घरदैलोका क्रममा चोकचोकमा स्थानीय मतदाताहरुले उम्मेदवार न्यौपानेको हौसला बढाउन फूलमालासहित स्वागत गरेका थिए । उम्मेदवार न्यौपानेले सम्भव भएसम्मका मतदातालाई घरमै पुगेर भेट्दै मत माग्दै आएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.