logo

गौतम माविको तमसुक शैली बिरुद्ध मंचको ज्ञापन,कारवाहीकालागि महानगरलाई पत्राचार

 इसीमाना सम्वाददाता     २०८० बैशाख ५ गते ०८: ४५ मा प्रकाशित     1689   पटक पढिएको

वीरगंजको प्रतिष्ठित नीजि बिद्यालय गौतम माध्यामिक बिद्यालयले नयाँ शैक्षीक शत्रकालागि भर्ना गर्न जारी गरेको सम्झौताका शर्तहरु प्रति उपभोक्ता अधिकारवादी संगठनले आपत्ती जनाएको छ ।

 


गौतम माध्यामिक बिद्यालयले १० बूदे शर्तहरु सार्वजनीक गरेको छ । ती दश बूंदामा लिखित सहमती जनाउने अभिभावकलाई मात्र उनका ननाीहरुको भर्ना गरिने उल्लेख गरेको छ ।

 

बिद्यालयले नेपालको सम्बिधान शिक्षासंग सम्बन्धित कानून र उपभोक्ता ऐनले प्रवन्ध गरेका हक र अधिकारको बिपरित बिद्यार्थीको पढ्न पाउने अधिकारमा धावा बोलेको छ ।

 

बिद्यार्थी हक हित भन्दै राजनीतिमा उत्रिने बिद्यार्थी संगठनहरु भने गौतम माध्यामिक बिद्यालयको यस्तो निरकुंश शैली प्रति बेखवर छन । तमसुकनै बनाएर शिक्षा लाई ब्यापार बनाउने बोर्डिङ स्कूललाई हदै सम्मको कारावाही हुनु पर्नेमा नियामक निकायहरु भने तै चुप मै चुपको अवस्थामा रहेका छन ।

No description available.
यसैवीच उपभोक्ता हित संरक्षण मंच वीरगंज महानगर कमिटीले मंगलवार पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई एक ज्ञापन पत्र बुझाउदै गौतम माध्यामिक बिद्यालयलाई कारवाही गर्न माँग गरेका छन ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले ज्ञापन पत्रको माँग सम्बोधन गर्न वीरगंज महानगरपालिकाको शिक्षा महाशाखालाई पठाउने बताएका छन ।

 

महानगरको अधिकार क्षेत्रमा बिद्यालय शिक्षा रहेकोले महानगरलाई आवश्यक कारवाहीकालागि पठाउने प्रतिवद्धता जनाएका हुन ।मंचका महानगर अध्यक्ष अजित भूजेलको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.