logo

नविन बिचारकलाई युवासंघको सम्मान,संसारमा रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन नेपालमा सत्ता संचालनमा

      6/27/2020 गते 00 00 मा प्रकाशित     1346   पटक पढिएको


जनताको बहुदलीय जनवादका प्रणेता तत्कालीन नेकपा एमालेका महासचिव जननेता  मदन कुमार भण्डारीको ६१ औं जन्मोत्सवको उपलक्ष्यमा राष्ट्रिय युवा संघ नेपाल पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

 


९० को दशकमा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्दै गर्दा मदन कुमार भण्डारीको अगुवाईमा नपालमा जनताको बहुदलीय जनवादको बिकास भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने प्रक्रियाको यो पहिलो प्रस्थानबिन्दु थियो ।

नेपाली जनताको क्रान्तिको मौलीक कार्यक्रमको रुपमा जनताको बहदलीय जनवादलाई नेकपा एमालेको पाँचौ रािष्ट्रय महाधिवेशनले ग्रहण गरेको थियो । नेकपा एमाले पंक्तिले यसलाई नविन बिचारको रुपमा ग्रहण गरेको थियो ।


जननेताको जन्मअवसरमा रक्तादान कार्यक्रमको आयोजना गरेर  सृजनात्मक काम गरेको भन्दै नेकपा पर्साका अध्यक्ष प्रभू हजराले युवासंघलको प्रशंसा गर्नु भयो । 

 

  बि.पी.उद्यानमा आयोजना गरिएको कार्यक्रममा  सो रक्तदान कार्यक्रममा ३ महिला सहित ११३ जनाले रक्तदान गरेका थिए । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादव बृजलाल पासवान, हेमन्त तामाङ्, तिवारी यादब, अरुण यादब, अकलेश साह, दुर्गा पौडेल, निर्जला पौडेल, पुजा बस्नेत लगायतले रक्तदान गनुृ भएको युवा नेता बिक्रम आलेले बताउनु भयो ।


कार्यक्रममा नेकपाका, प्रदेश सदस्य बालगोपाल थापा, छोटेलाल यादव , किशोरी कुशवाह , रामबाबु बैठा, बाबुराम कौशिक , संविधान सभा सदस्य राजकुमार गुप्ता , पार्टीका नेता नवराज श

र्मा , अरबिन्द सिंह , बलराम साह , शिवजी साह, नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष के.सी.लामिछाने , युवासंघका केन्द्रीय सदस्य बिकाश रौनीयार  नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष श्याम बन्जरा अनेरास्ववियुका नेताहरु प्रभाकर गुप्ता ,शिबम साह  श्याम गुप्ता, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य राघव साह, बृजलाल पासवान, नन्दकिशोर पंजीयार, अखलेस साह, संजीब मिश्रालगायत युवा संघका पदाधिकारीहरु , पार्टी कार्यकर्ताहरुको सहभागीता रहेको अनिल पटेलले जानकारी दिनु भयो ।कार्यक्रमको अध्यक्षता युवा संघ पर्साका अध्यक्ष निजामले गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.