logo

नारगरिकता विधयेकको विरोधमा वीरगन्जमा जसपाको प्रदर्शन 

      6/30/2020 गते 00 00 मा प्रकाशित     1278   पटक पढिएको

 नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीले मंगलबार पनि वीरगञ्जमा प्रदर्शन गरेको छ । वीरगञ्जको स्वीमिङ पुलबाट सुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा सरकारले फेरि पनि मधेशी समुदायमाथि विभेद गरेर नागरिकता विधेयक ल्याएको आरोप लगाए ।

कोणसभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर एवं जसपा नेता विजय कुमार सरावगीले केपी ओली नेतृत्वको सरकारले आफ्नो विफलता लुकाउन नागरिकता सम्बन्धि विधयेक नयाँ चालको रुपमा ल्याएको बताउनुभयो । जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले विधयेकले नेपाली नागरिकसँग विवाह गरेर आउने बुहारीमाथि अन्याय गर्ने बताउनुभयो ।

विरोध कार्यक्रममा जसपाकी नेतृ करिमा बेगमले महिला तथा मधेसीमाथि सरकारले फेरि विभेद गर्ने गरि कानुन बनाउन लागेको प्रति आपत्ति प्रकट गर्नुभयो । विधयेक फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विद्येयक ल्याएर सदियौँ देखीको भारत र नेपालबीचको सांस्कृतिक र सामाजिक सम्बन्ध बिगार्न खोजेका आरोप लगाएका थिए । 

विरोध कार्यक्रम शशि कपुर मियाँ, मूकेश द्विवेदी, प्रेमबाबु पटेल, उमेशलाल सहनी, महिला नेतृ मिनी ठाकुर, रम्भा मिश्रा लगायतको सहभागिता रहेको युवा दस्ताका जिल्ला अध्यक्ष विष्णु पटेलले जानकारी दिनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.