logo

नागरिकता विधयेकको नेकपा पर्साद्वारा स्वागत, राष्ट्रिय हितका लागि आएको विधयेकको पक्षमा उभिन आग्रह 

      6/30/2020 गते 00 00 मा प्रकाशित     1339   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी पर्साले प्रतिनिधिसभाको राज्य व्यावस्था तथा सुशासन समितिबाट बहुमतले पारित नागरिक विधयेकको स्वागत गरेको छ ।

पार्टीको जिल्ला कार्यालय पर्सामा मंगलबार सम्पन्न बैठकमा संघीय संसदमा प्रस्तुत नागरिकता विधयेकका बिषयमा छलफल गरी २ वर्ष भन्दा समय देखी छलफलमा रहेको नागरिकता संशोधन विधयेक सर्वसम्मत हुन नसकेपछि लोकतान्त्रिक विधिद्वारा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतको आधारमा पास भएर यो विधयेकले छलफलकालागि प्रतिनिधि सभामा प्रवेश पाएकोमा स्वागत गरेको हो ।

नागरिकता संशोधन विधयेकमा भएका प्रबन्धहरु मुलुकको अनुकुलतामा  उचित रहेको र यो बिषय समय सापेक्ष पनि रहेकोले राष्ट्रियता, सम्प्रभूता र सीमाको रक्षाको बिषयसंग पनि जोडिएको बिषय भएकोले नेकपाको बैठक नागरिकता संशोधन विधयेकलाई स्वागत गर्ने निर्णय गरेको हो । लामो समय सम्म निष्कर्षमा नपुगेको नागरिकता संशोधन विधयेक अहिले प्रतिनिधि सभामा पुगेको र विधयेकको प्रतिरक्षा गर्न त्यसको पक्षमा उभिन वकालत गर्न र प्रचार प्रसार गर्नकालागि सिंगो पार्टी पंक्तिलाई आव्हान पनि गरेको छ ।

विधयेकको बिरुद्धमा निर्माण भएका अपवित्र गठबन्धनले सृजना गरेको भ्रम चिर्नका लागि आम जनतालाई सचेत पार्ने काममा aआम कार्यकर्ता पंक्ति परिचालित हुनु आजको आवश्यकता रहेको र यो विधयेक सम्पूर्ण नेपाली महिला मजदुर किसान गरिब शोषित पीडित दलित सीमान्तकृत पिछडा वर्गको महिलाको हितमा रहेको पार्टीको दावी छ । अन्योलतामा नभई मुलुक र नेपाली महिलाको हितमा आएको विधयेकको पक्षमा उभिन आम जनसमुदायलाई पार्टीले अपिल पनि गरेको छ ।

विधयेक मार्फत नेपाली महिलाको शसक्तिकरण, आर्थिक, समाजिक तथा राजनीतिक क्षेत्रमा नेपाली महिलाको अर्थपूर्ण सहभागिताको बाटो खुल्ने भएकोले बिभिन्न स्वार्थ समुह र शक्तिकेन्द्रहरु नेपाली महिलाले प्राप्त गर्ने यो अवसरलाई रोक्ने कोशिस गरिरहेको पनि नेकपा पर्साको निष्कर्ष छ । यो विधयेकले महिलाहरुलाई आर्थिक रुपमा राजनीतिक रुपमा सशक्त बनाउने भएकोले यो विधयेकको नेकपाले स्वागत गर्ने निर्णय गरेको नेकपा पर्साका अध्यक्ष प्रभू हजराले जानकारी दिनुभयो ।

अध्यक्ष हजाराको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र साह, दिनेश राई संविधान सभाका सदस्यहरु जयप्रकाश थारु राजकुमार गुप्ता, पार्टीका प्रदेश कमिटीका सदस्यहरु र बीरगंज महानगर कमिटीका सचिवको सहभागिता रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.