logo

प्रस्तावित नागरिकता बिधयेक बिरुद्ध नागरिक अभियानको अगुवाईमा बीरगंजमा बिरोध प्रर्दशन

      7/1/2020 गते 00 00 मा प्रकाशित     1020   पटक पढिएको

राज्य व्यावस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता विधेयकको बिरोधमा बुधवार वीरगंजमा बिरोध प्रर्दशन गरिएको छ ।


कम्युनिष्ट सरकारले विभेदकारी नागरिकता विधेयक  ल्याएको भन्दै त्यसलाई फिर्ता गर्नु पर्ने माग गरेका गर्दै प्रर्दशन गरिएको हो । 

कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विधेयक ल्याएर परम्परादेखीको भारत र नेपाल बिचको सम्बन्ध बिग्रान खोजेको बिरोध प्रर्दशनका सहभागिहरुले आरोप लगाएका छन् । 


प्रर्दशनमा नागरिक समाजका बिभिन्न सरोकार समुहको सहभागिता रहेको छ । नागरिक समाजको आव्हानमा आयोजना गरिएको बिरोध प्रर्दशनमा नेपाली कांग्रेस  र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

 

 बीरगंजको मुख्य शहर परिक्रमा गरि घण्टाघरमा सभा सम्पन्न भएको थियो । सभामा नागरिक सभाजको  तर्फबाट डा. दीपक शाक्य, बिन्दवासिनी गाउँपालिका उपप्रमुख किरण देवी गुप्ता र जनता समाजवादी पार्टीका नेता शशीकपुर मियाले मन्तब्य ब्यक्त गनुृ भएको थियो । वक्ताहरुले सरकारले विधेयक फिर्ता नलिए आन्दोलन झनै कडा पार्ने  चेतावनी  दिएका छन् ।

 

प्रर्दशनमा बीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी उपमेयर शान्ति कार्की नेपाली कांग्रेस  र जनता समाजवादी पार्टी पर्साका नेताहरुको सहभागिता रहेको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.