logo

नेकपा एसमा बढदै असन्तुष्टि, एक्लिदै माधव नेपाल

 इसीमाना सम्वाददाता     २०८० असार १७ गते ०५: १७ मा प्रकाशित     622   पटक पढिएको

काठमाडौँ । नेकपा एमालेबाट दुई वर्षअघि विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीभित्र विवाद देखिएको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल तथा उनीसँग निकट रहेका नेताहरु असन्तुष्ट देखिएका हुन् ।


त्यस्तै विगतमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई साथ दिँदै आएका युवा नेताहरु पनि असन्तुष्ट देखिएका छन् । त्यतिमात्र होइन सांसदहरुसमेत विभाजित भएका छन् ।

 

अहिले माधव नेपाललाई चार सांसदले मात्रै साथ दिइरहेका छन् । राजेन्द्र पाण्डे, मेटमणी चौधरी, प्रकाश ज्वालाले मात्र उनलाई साथ दिइरहेका छन् ।

 


स्रोतका अनुसार प्रेम आले संसदीय दलको बैठकमा जानै छाडेका छन् । अन्य सांसदहरुले पनि नेपालको भनाइलाई विश्वास गर्न छाडेका छन् । किसान श्रेष्ठले धेरै अघिबाट एमालेमा एकीकरण गर्ने प्रस्ताव गरेकै थिए । उनकै पहलमा र उनकै बालुवाटारस्थित घरमा पटक पटक केपी शर्मा ओली र माधव नेपालको भेटघाटसमेत गराएका थिए ।

 

विगतमा माधव नेपाललाई बलियो साथ दिँदै आएका राजेन्द्र राई, रामकुमारी झाँक्री मौन रहेका छन् । झाँक्रीले पार्टीभित्र आफ्ना धारणा नराखेको त महिनौँ भैसक्यो । उनी पार्टी कार्यालय पनि आक्कलझुक्कल जाने गरेकी छिन् ।

 

पछिल्लो पटक महासचिव बन्न पुगेका घनश्याराम भुसाल पनि त्यति सन्तुष्ट देखिएका छैनन् । डोल्पाबाट निर्वाचित धनबहादुर दैलेख–१ बाट अम्मरबहादुर थापा ,अछामका शेरबहादुर कुँवर र बझाङका भानुभक्त जोशी अहिले मौन रहेका छन् ।

 

कोशी प्रदेशमा मुख्यमन्त्रीकोसमेत दावी गरिरहेका राजेन्द्र राईलाई अध्यक्ष नेपालले मुख्यमन्त्री बनाउन पहल नगरेपछि उनी पनि असन्तुष्ट देखिएका छन् । उनले त्यसको जानकारी प्रदेश सभामा सम्बोधनकै क्रममा खुलासा गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.