logo

मुस्लिम संघको नाममा नेपाली कांग्रेसमा कब्जाको राजनीतिक शुरु, गुटगत ध्रुवीकरण तिब्र हुने

 इसीमाना सम्वाददाता     २०८० भदौ १७ गते ०९: २६ मा प्रकाशित     603   पटक पढिएको

वीरगञ्ज । नेपाली कांग्रेस निकट मुस्लिम संघ पर्सामा बिवाद देखिएको छ ।गत स्थानीय तहको निर्वाचनमा कांग्रेस छोडेर एमालेमा गई चुनाव लडेर हारेका बीरगंज महानगपालिका वडा २१ परवानीपुरका हविव मियालाई संघको अध्यक्ष घोषणा गरेपछि बिवाद देखिएको हो ।

 

मियालाई अध्यक्ष अस्वीकार गर्ने भन्दै संगठनका पूर्व अध्यक्ष जाकीर हुसेनले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन । अध्यक्ष जाकीरले १६ गते नै एक सुचना जारी गरि संगठनको अधिवेशन स्थगीत गरिएको जनाएका थिए ।

 

उनले अधिवेशनको माइन्यूट अनधिकृत ब्यक्तिले कब्जा गरेर त्यो समुहले आफूसंग पनि दूरब्यहार गरेको भन्दै अधिवेशन स्थगीतको सूचना जारी गरेका थिए ।

नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, सचिव नविन सिंह, रमेश पाण्डे लगायतले रजिष्टार खोसेर मनोमानी ढंगले समिति बिस्तार गरेको उनको आरोप छ ।

 

यसअघि शनिवार हबिब मियाँको अध्यक्षतामा मुस्लिम संगठनको नयाँ कार्यसमिति चयन भएको थियो । मुस्लिम संघको संगठन निर्माणमा मुस्लिम अगुवाको सल्लाह र सहभागिता हुनु पर्ने ठाउमा पार्टीका नेताहरुको हस्तक्षेपबाट समिति निर्माण भएको भन्दै संघका नेताहरुले नै असन्तुष्टि ब्यक्त गरेका छन ।

 

आइतवार नेपाल पत्रकार महासंघ पर्साको सभा कक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त समूहले शनिवार गठन भएको कार्यसमिति स्वीकार्य नहुने अडान राखेको हो ।

 

मुस्लिम संघको पर्साको अधिवेशन मार्फत नेपाली कांग्रेस पर्साको राजनीतिक धु्रविकरण पनि सार्वजनीक भएको छ । संघको आन्तरिक विवादसंगै नेपाली कांग्रेसका नेताहरुको कित्ता पनि परिर्वतनको संकेत देखिएको छ ।

 

संघको उद्धघाटन सत्रमा नेपाली कांग्रेसका १ नमबर क्षेत्रका सभापति अरविन्द गुप्तालाई अतिथि आशन ग्रहणमा निषेध गरिएपछि संघ नेपाली कांग्रेसको आन्तरिक राजनीति लडाईको अखडामा रुपान्तरित भएको हो ।

 

क्षेत्र नं २ का सभापति महम्मद शाहबुदिनले निषेधको राजनीति गरेको स्रोतको भनाई छ । नेपाली कांग्रेस पर्सा भित्र संस्थापन इतरको समुहमा रहेका शाहबुदिन अव सोही समुहमा टिक्न कठिन हुने अवस्थामा पुगेको स्रोतले जनायो ।

 

सतहमा मुस्लिम संघ देखिए पनि नेपाली कांग्रेस पार्टी भित्र कसको बर्चस्व कायम हुने भन्ने पार्टी सत्ता कब्जाको रिर्हसलका रुपमा यो विावादलाई हेरिएको छ ।

 

स्थानीय तहको चुनावमा एमाले बनेर चुनाव लडेका हविव मिया संघीय चुनावमा नेपाली कांग्रेसमा फर्किएका थिए । उनीमाथि भएको कारवाही फूकुवा नभएको जाकिर हुसेन पक्षको दावी छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.