logo

मधेशी जनताको शोषण र उत्पीडन बिरुद्धको लडाई जसपाको अभियान होः अध्यक्ष यादव

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २३ गते ०८: ४९ मा प्रकाशित     1111   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बिधान निर्माण भएको लामो समय भईसक्दा पनि सम्बिधान कार्यान्वयनकालागि नियम कानूनहरु नवनाइएको भन्दै असन्तुष्टि जनाएका छन ।

May be an image of one or more people, crowd and temple


बिहिवार यादव पर्साको छिपहरमाईमा पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थिए ।


उनले बीरगंज चीनी काराखना कृषि औजार कारखना लगायतका उधोग धन्दा ठुला पार्टीको शासनकालमा बन्द गराइएको चर्चा गर्दै ति उधोगहरु संचालनमा उनहरु उदासिन रहेको बताए ।

May be an image of 5 people, temple and dais
अध्यक्ष यादवले मधेशी जनता अहिले पनि शोषण र उत्पीडनमा रहेको त्यसको बिरुद्धको लडाई जनता समाजवादी पार्टीको अभियान रहेको बताए।
उनले कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरि जनता समाजावादी पार्टीमा प्रवेश गरेको ५ सय जनालाई अविर मालाल लगाएर पार्टीमा स्वागत गरे ।

 

बिरेन्द्र महतो केवट, सम्सुल मिया तेलि, मुस्लिम अन्सारी, अनिल कुमार साह तेलि, ब्रहमदेव महतो कोइरारिको नेतृत्वमा नेपाली काङ्ग्रेस, नेकपा एमाले परित्याग गरि जसपा प्रवेश गरेका हुन ।जनता समाजवादी पार्टी नेपालको छिपहरमाई गाउपालिका समितिले कार्यक्रमको अयोजना गरेका हो ।


कार्यक्रममा मधेस प्रदेशका पुर्ब मुख्यमन्त्री लाल बाबू राउत, मधेश प्रदेशको उर्जा तथा खानेपानी मन्त्री सिङ्गासन साह कलवार,केन्द्रीय राजनीति समिति सदस्यहरु आत्माराम साह, बालकिसोर यादव, सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सद्स्य फिरोज मन्सुर, सलमा खातून, रेखा साह, मधेस प्रदेश उपाध्यक्ष सुशील कुमार यादव, बृजमोहन तिवारी, सदस्य एवम् धोबिनी गापा प्रमुख मदन चौहान, महाराज यादव, प्रकाश बैठा, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, उपाध्यक्ष नागेन्द्र यादव, कोषाध्यक्ष शर्मिला बिष्ट, कार्यपालिका सदस्य हिमान्चल कुश्वाहा, श्यामबाबू चौरसिया, नगर अध्यक्ष, कालिकामाइ गापा समिति अध्यक्ष दिनेस साह, कलवार, निरन्जन पटेल, क्षेत्रीय अध्यक्ष घनश्यामबाबू गुप्ता, सखुवाप्रसौनी गापा समिति अध्यक्ष प्रदीप जयसवाल, कालिमाइ गापा प्रमुख बशिष्ट गुप्ता, युवनेता सन्तोष सर्राफ, असलम अन्सारी लगायतको उपस्तिथि रहेकोे थियो ।

कार्यक्रम पालिका अध्यक्ष इन्द्रासन सा कलवारको अध्यक्षतामा सप्पन्न भएको पार्टीका जिल्ला सचिव तवरेज अहमदले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंजको मुख्य सडकको अतिक्रमण हटाउदा सुकुम्वासी भएका नागरिकलाई बिवरण उपलब्ध गराउन महानगरको आग्रह

वीरगंज । त्रिभूवन राजपथको वीरगंज भन्सार गण्डक सडक खण्डमा सडक चौडा गर्ने क्रममा  पूर्ण रुपमा भूमिहिन हुन गएका ब्यक्तिहरुलाई बिवरण उपलब्ध गराउन वीरगंज महानगरपालिकाले एक सूचना मार्फत अपिल गरेको छ ।

जिल्ला प्रशासनको सूचना, सीमामा नेपाल प्रवेश गर्ने बिदेशी नागरिकको बिवरण संकलन गरिने

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरि सीमा नाकाबाट हुने अवैध घुसपैठलाई नियन्त्रण गर्न  अपिल गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.