logo

एमालेको समृद्धिकालागि संकल्प यात्रा पुरा,चिवाभञ्ज्याङको जंगे पिलरमा एमाले अध्यक्ष ओलीले फहराए राष्ट्रीय झण्डा

 इसीमाना सम्वाददाता     २०८० पौष १ गते ०२: २१ मा प्रकाशित     538   पटक पढिएको

पाँचथर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङको जंगे पिलरमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन ।

आइतबार मध्यान्ह चिवाभञ्ज्याङको जंगे पिलरमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा झण्डोत्तलन गरेर अध्यक्ष ओलीले पार्टीको १८ दिने संकल्प यात्राको समापन गरेका हुन ।

 

झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अन्तिम बिन्दु ३ हजार २ सय मिटर अग्लो त्यस ठाउँमा राष्ट्रिय झण्डा स्थायी रुपमा नै राख्नेगरी एमालेले खम्बाको व्यवस्था गरेको हो ।

समापन समारोहमा संकल्प यात्राका क्रममा हस्तान्तरण गरिएका राष्ट्रिय झण्डा अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित एमालेले संकल्प यात्रा गरेको हो ।

संकल्प यात्राका क्रममा एमालेको संकल्प टोलीले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी वाग्मती र कोशीका विभिन्न जिल्लाको यात्रा गरेको थियो । यात्राका क्रममा मध्यपहाडी राजमार्गमा भित्रका २६ र बाहिरका ४ गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले प्रत्यक्ष संवाद गरेको थियो । संवादका क्रममा एमालेले सुझाव लिएको छ । त्यस ठाउँका जनताले ध्यानाकर्षण पत्र, मागपत्र पनि पेस गरेका थिए । एमालेले सर्वदलीय संवाद पनि गरेको थियो ।

एमालेले मध्यपहाडी राजमार्गमा पर्ने बैतडी, डडेल्धुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पश्चिम रुकुम, पूर्वी रुकुमको यात्रा गरेको थियो ।बाग्लुङ, पर्वत, कास्की, लमजुङ, धादिङ, नुवाकोट हुँदै काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको यात्रा पनि संकल्प टोलीले गरेको थियो । रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा हुँदै यात्रा टोली तेह्रथुमबाट मंसिर ३० गते पाँचथर पुगेको थियो ।

मध्यपहाडी राजमार्गले नछुने गुल्मी, सुर्खेत, सल्यान र दोलखाको यात्रा समेत एमालेको संकल्प टोलीले गरेको थियो ।

सम्बन्ध स्थानीय(सन्देश राष्ट्रिय भन्ने नारासाथ मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तलन गरेर संकल्प यात्रा सुरु गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.