logo

एमालेको समृद्धिकालागि संकल्प यात्रा पुरा,चिवाभञ्ज्याङको जंगे पिलरमा एमाले अध्यक्ष ओलीले फहराए राष्ट्रीय झण्डा

 इसीमाना सम्वाददाता     २०८० पौष १ गते ०२: २१ मा प्रकाशित     462   पटक पढिएको

पाँचथर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङको जंगे पिलरमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन ।

आइतबार मध्यान्ह चिवाभञ्ज्याङको जंगे पिलरमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा झण्डोत्तलन गरेर अध्यक्ष ओलीले पार्टीको १८ दिने संकल्प यात्राको समापन गरेका हुन ।

 

झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अन्तिम बिन्दु ३ हजार २ सय मिटर अग्लो त्यस ठाउँमा राष्ट्रिय झण्डा स्थायी रुपमा नै राख्नेगरी एमालेले खम्बाको व्यवस्था गरेको हो ।

समापन समारोहमा संकल्प यात्राका क्रममा हस्तान्तरण गरिएका राष्ट्रिय झण्डा अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित एमालेले संकल्प यात्रा गरेको हो ।

संकल्प यात्राका क्रममा एमालेको संकल्प टोलीले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी वाग्मती र कोशीका विभिन्न जिल्लाको यात्रा गरेको थियो । यात्राका क्रममा मध्यपहाडी राजमार्गमा भित्रका २६ र बाहिरका ४ गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले प्रत्यक्ष संवाद गरेको थियो । संवादका क्रममा एमालेले सुझाव लिएको छ । त्यस ठाउँका जनताले ध्यानाकर्षण पत्र, मागपत्र पनि पेस गरेका थिए । एमालेले सर्वदलीय संवाद पनि गरेको थियो ।

एमालेले मध्यपहाडी राजमार्गमा पर्ने बैतडी, डडेल्धुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पश्चिम रुकुम, पूर्वी रुकुमको यात्रा गरेको थियो ।बाग्लुङ, पर्वत, कास्की, लमजुङ, धादिङ, नुवाकोट हुँदै काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको यात्रा पनि संकल्प टोलीले गरेको थियो । रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा हुँदै यात्रा टोली तेह्रथुमबाट मंसिर ३० गते पाँचथर पुगेको थियो ।

मध्यपहाडी राजमार्गले नछुने गुल्मी, सुर्खेत, सल्यान र दोलखाको यात्रा समेत एमालेको संकल्प टोलीले गरेको थियो ।

सम्बन्ध स्थानीय(सन्देश राष्ट्रिय भन्ने नारासाथ मंसिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तलन गरेर संकल्प यात्रा सुरु गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.