बीरगंज महानगरपालिका वडा नं २३ का जनता समाजवादी पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरुले सो पार्टी परित्याग गरि शनिवार नेकपामा प्रवेश गरेका छन ।
पार्टीको जिल्ला कार्यालय मनमोहन नगर रामगढवामा आयोजीत पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेताहरुले नवप्रवेशीहरुलाई अविर टिका लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।
जसपा परित्याग गरी सलाउदिन अंसारी,सदिक अंसारी,कमरोदा अंसारी,हसमोदिन अंसारी ,ग्यासुदिन अंसारी,सफरोज अंसारी ,नबुलाह अंसारी, ईरफान अंसारी,ईमरान अंसारी, मनिफ अंसारी, नुरसेद अंसारी, खुरसेद अंसारी,अफजल अंसारी,नेक महमद लगायत सयौं नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेको नेकपा पर्साका अध्यक्ष प्रभू हजराले जानकारी दिनु भयो ।
पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह,निर्मला देवकोटा, सम्बिधान सभाका सदस्य राजकुमार गुप्ता पार्टीका जिल्ला सचिव बिजय महतो लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
नव प्रवेशीहरुले जनताको हित ुख र मुलुकको समृद्धि नेकपाको नेतृत्वमा मात्र सम्भव भएको बुझेर आफूहरुले जसपा परित्याग गरेको बताएका थिए । बढीजसो युवाहरुको प्रवेशले नेकपालाई उत्साहित बनाएको नेताहरुले भनाई छ ।
तपाईको प्रतिक्रिया