logo

जसपाको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न सिंहदरवारको कुर्सी कब्जा गर्ने पार्टीको रोडम्यापः डा. भट्टराई

      10/12/2020 गते 00 00 मा प्रकाशित     1026   पटक पढिएको

स्थानीय प्रशासनले पर्सामा सभा सम्मेलनमा रोक लगाएको छ । नो मास्क नो मुभ लगायतका अभियान चलाउदै आएको स्थानीय प्रशासनले पछिल्लो दिनहरुमा आफैले गरेको आग्रह र अपिलको बर्खिलाप हुदा समेत निरिह बन्न पुगेको छ । 

कोरोना महामारीको जोखिम कम भएको छैन । परिक्षण कम हुदा जोखिम कम जस्तो देखिएको हो । त्यसैले भौतिक दूरी, मास्क र बेलाबेला हात धुन प्रशासनले अनुरोध गर्दै आएको छ । तर राजनीतिक दलहरुले पछिल्लो चरणमा स्थानीय प्रशासनको आग्रको बर्खिलाप मात्र गरेका छैनन ।

 

कोरोना भाइरसको संक्रमण बढाउने जोखिम मोलीरहेका छन । सोमवार झन मुलुकका पूर्व प्रधानमंत्री,पूर्व उपप्रधानमंत्रीको सहभागितामा  सामाजिक दुरी बिहिव अवस्थामा खुला सभाहरु सम्पन्न भएका छन । 


सैयौको सहभागितामा  जिल्लाका दुई स्थानमा बृहत पार्टी प्रवेश तथा  दसैं, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ औराह वडा नं ५ महुवनमा आयोजीत कार्यक्रममा १२ सय भन्द बढीले बिभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेशको घोषणा गरेका थिए । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं जसपाका वरिष्ठ नेता बाबुराम भट्टराई, पार्टीका कार्यकारणी अध्यक्ष उपेन्द्र यादव, पार्टीका केन्द्रीय नेता राजेन्द्र श्रेष्ठ ,प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, पर्साका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदको उपस्थिति रहेको थियो ।  

 

कार्यक्रमस्थलमा आयोजक कमिटिले ‘भौतिक दूरी कायम गरी बसौं । मास्कको प्रयोग गरौं । साबुन पानीले हात धौऔं ।’ लेखिएको सूचना टाँस गरेको थियो । यस्तो सूचना टाँस गरिएको भएपनि  ब्यवहारमा सामाजिक दुरी कायम थिएन । कतिपयले मास्क लगाएका थिएनन । 

 नेता भट्टराई र कार्यकारणी अध्यक्ष यादवले नवप्रवेशीलाई माला लगाएर स्वागत गरेका थिए ।कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले अबको लक्ष्य आउँदो निर्वाचनमा सिंहदरबारको कुर्सी कब्जा भएको बताउनु भएको थियो । उहाँले भन्नु भयो ‘कुर्सी कब्जा भएपछि संविधान संशोधन र विकासको रोडम्याप लागू हुन्छ ।’

 

पूर्व उपप्रधानमन्त्री एवं पार्टी कार्यकारणी अध्यक्ष उपेन्द्र यादवले विकास बजेट र राजनीतिक नियुक्तिमा अझै भेदभाव कायमै रहेको औंल्याउनु भयो  । ‘भेदभाव अन्त्यका लागि शक्ति आवश्यक छ,’ उहाँले भन्नु भयो , ‘हामी जति संगठित हुन्छौँ त्यत्ति नै हाम्रो शक्ति बढ्छ, त्यो शक्ति भनेकै पार्टी हो ।’ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.