logo

डा.सिंहको नेतृत्वमा सर्लाही जिल्ला प्रहरी कार्यालयमा ढुगामुढा झडमा २ डिएसपी सहित २६ प्रहरी घाइते

      10/14/2020 गते 00 00 मा प्रकाशित     986   पटक पढिएको

सर्लाहीमा प्रर्दशनकारीसंगको झडपमा परि २ डिएसपी सहित २२ नेपाल प्रहरी र ४ जना शसस्त्र प्रहरी पनि घाइते भएका छन ।

 

नेपाली कांग्रेसका सासद डा. अमरेश कुमार सिंहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय घेराउ गर्न गएका समुहसंग प्रहरीको झडप भएको हो ।

 

झडपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उद्धवसिंह भाट, सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित नेपाल प्रहरी र शस्सत्र प्रहरीका २६ प्रहरी घाइते भएका हुन्।

रामनगर ७ सिसौटका महेन्द्र रामको हत्याको विषयमा बुधबार प्रहरी कार्यालय घेराउ गर्न सांसद अमरेशकुमार सिंहसहितको समूह पुगेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप भएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनु भयो।

 

कुँवरको छातीमा चोट लागेको छ भने भाटको हातका औंलाहरू भाँचिएका छन्। उनीहरूसहित अन्य प्रहरीको जिल्ला अस्पताल सर्लाहीमा उपचार भइरहेको छ।

 

जिल्ला प्रहरी कार्यालय घेराउका क्रममा ढुंगा प्रहार हुँदा प्रहरी कार्यालयका सिसाहरू फुटेका छन्। सशस्त्र प्रहरीका १८ वटा ट्रान्सपारेन्ट सिल र नेपाल प्रहरीका १३ ट्रान्सपारेन्ट सिल भाँचिएका छन्। सयौं मानिसले घेराउ थालेपछि सशस्त्र प्रहरी बलबाट डिएसपी सरोज खड्काको नेतृत्वमा एक सय प्रहरी मद्दतका लागि बोलाइएको थियो।

 

सिसौटमा गत असोज २१ गते बारीमा घिरौंला टिपेको विषयमा दुई पक्षबीच ढुंगा हानाहान भएको थियो। स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा ६५ वर्षीय महेन्द्र घाइते हनु भएको थियो।उहाँको उपचारको क्रममा वीरगन्जस्थित  इन्डो नेपाल अस्पतालमा भोलिपल्ट २२ गते मृत्यु भएको थियो। मृत्युपछि आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गरेका छन्।

उक्त घटनामा एक महिला र दुई पुरुष पक्राउ परेका छन्। तर, आन्दोलनकारीले भने अन्य ९ जनाको नाम पनि समावेश गरेर जाहेरी दरखास्त दर्ता गर्नुपर्ने दबाब दिएका छन्। ती अन्य नाम भने घटनामा संलग्न नभएकाहरूको रहेकाले जाहेरी दर्ता गर्न नसकिने प्रहरीले बताउँदै आएको छ।प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको प्रदेश सभाका सदस्य बीरेन्द्र सिंहले जानकारी दिनु भयो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.