बहुदरमाई नगरपालिकाले नगरपालिका भित्रका नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी रामनगरि उपशाखाको अधिवशेनको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै बहुदरमाई नगरपाकिलाका प्रमुख नितेन्द्र साहले यस्तो घोषणा गर्नु भएको हो ।
उहाँले रगतको अभावमा कसैले समस्या भोग्नु नपर्ने र त्यसको सम्पूर्ण ब्यवस्थापन नगरपालिकाले गर्ने बताउनु भयो । उहाँले रगत उपलब्ध गराउदा लाग्ने सम्पूर्ण रकम नगरपालिकाले भूक्तान गर्ने स्पष्ट पार्नु भयो ।
उहाँले रामनगरी लगायत नगरपालिका भित्र रहेका रेडक्रसका उपशाखाहरुलाई पनि स्तारोउननतीकोलागि सहयोग उपलब्ध गराउने आश्वासन दिनु भयो ।
उहाँले विपद् व्यवस्थापनका लागि कोष खडा गर्ने र रेडक्रस उपशाखाको समन्वयमा विपद् व्यवस्थापनका कार्यहरु गर्ने समेत घषणा गर्नु भयो ।
अधिवेशनले उपशाखाको नयाँ समिति समेत निर्माण गरेको छ । समितको सभापतिमा हरिन्द्र प्रसाद ,उपसभापति सुष्मा पाठक , सचिवमा जयनरेश साह ,उपसचिवमा राघेश्याम राम ,कोषाध्यक्षमा केशवराज पंडित ,उपकोषाध्यमा गिता गोसाई रहनु भएको छ ।
त्यस्तैगरि समितिको सदस्यहरुमा वृज किशोर पटेल, राजेश प्रसाद, कृष्ण प्रसाद पडिंत, सिकेन्द्र प्रसाद र बविता देवी राय रहनु भएको छ ।
तपाईको प्रतिक्रिया