नेपाल कम्युनिस्ट पार्टी को धोबिनी र छिपहरमाई गाउँपालिका कमिटीको संयुक्त आयोजनामा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।
पर्साको धोबिनी गाउँपालिका वार्ड नम्बर ५ जगरनाथपुरमा आयोजी कार्यक्रम पार्टीकी केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री उर्मिला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभु हजाराले दुबै पालिकाकाका ५१र५१ जना गरी १ सय २ जना पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
सपथ ग्रहण पश्चात बोल्दै प्रमुख अर्यालले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्नुको विकल्प नरहेको बताउनु भयो । उनले पार्टीभित्र रहेका सामान्य कमिकमजोरीहरुलाई सच्याएर अघि बढ्नु जोड दिनु भएको थियो ।
सपथ ग्रहण कार्यक्रममा पार्टीकी सांसद् शेख चाँदतारा, जिल्ला अध्यक्ष प्रभु हजारा, प्रदेश कमिटीका सदस्यहरु बाबुराम कौशिक, प्रदेश सदस्य रामबाबु बैठा, प्रदेश सदस्य योगेन्द्र साह कानु, संविधान सभा सदस्यहरु जयप्रकाश थारु, राजकुमार गुप्ता, जुनैद अन्सारी, पुर्व सभासद रामेश्वर रामजगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, नेकपाका जिल्ला सदस्य बलिराम साह ,लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा छिपहरमाई गाउँपालिका कमिटीका अध्यक्ष प्रह्लाद गुप्ता, धोबिनी गाउँपालिका कमिटीका अध्यक्ष मजिद मियाँको अध्यक्षतामा कायृक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन बीरेन्द्र साहले गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया