logo

जनकपुर बिमानस्थलमा  ८ वर्षमा टर्मिनल भवन निर्माण सम्पन्न ,संघीय पर्यटनमंत्री भट्टराईले गरे उद्धघाटन

      12/8/2020 गते 00 00 मा प्रकाशित     755   पटक पढिएको

२ वर्षमा बन्नु पर्ने जनकपुरधाम विमानस्थलको आधुनिक नयाँ टर्मिनल भवन ८ वर्षमा बन्यो । पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो ।

 

तर सम्झौता अनुसार तोकिएको समयमा काम पूरा हुन सकेको थिएन । ८ वर्षमा निर्माण कार्य सम्पन्न भएको बिमानस्थलको नयाँ भवन आजबाटै संचालनमा आएको छ । आज  एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई भवनको उद्घाटन गर्नु भयो।


२०६९ कार्तिक महिनामा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गर्नु भएको थियो ।

 

तर निर्माण सम्पन्न भइसक्दा ५० करोड रुपैया लागत पुगेको छ । दुई वटा निर्माण कम्पनीसंग ठेक्का गरेर टर्मिनल भवन निर्माण भएको हो । सरकारले पप्पु कन्सट्रकशन संगको ठेक्का सम्झौता रद्ध गरेर  थेदिंग जालवा उमा कम्पनी जेभी कन्स्ट्रक्सनसँग नयाँ सम्झौता गरिएको थियो

नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै यात्रुहरूले भोग्दै आएको समस्याहरु समाधान हुने जनकपुर विमानस्थलका वरिष्ठ अधिकृत विकासकुमार झाले जानकारी दिनु भयो । 

 

नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको झाको भनाइ छ ।जनकपुरधाममा ५ दशकदेखि नेपाल वायुसेवा निगमले सेवा दिँदै आएको छ । १८ जना यात्रु बोक्ने जहाजका लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट सेवा दिईँदै आएको थियो ।

जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीनवटा निजी विमान कम्पनीले सेवा दिँदै आएको छ ।बुद्ध एयरले दैनिक तीन, यति एयरले दैनिक दुई र श्री एयरलाइन्सले दैनिक एक पटक जनकपुरधाम–काठमाडौँ उडान गर्दै आइरहेको वरिष्ठ अधिकृत झाले बताउनु भयो । 

 

अहिले जनकपुरबाट दैनिक पाँचवटा उडान काठमाडौँका लागि गर्दै आएको छ । नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि धावनमार्ग बिस्तार गर्ने लक्ष्य रहेको जनकपुरधाम विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिनु भयो  । 


आधुनिक टर्मिनल भवनमा १ सय ५० मोटरसाइकल, ८० वटा कार तथा जिप पार्क गर्न सक्ने क्षमताको पार्किङस्थल बनाइएको छ । टर्मिनल भवनमा अलग्गै स्तनपान कक्ष र धुम्रपान कक्ष समेत बनाइएको जनकपुरधाम विमानस्थलका प्रमुख गौतमले जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.