logo

जनमत पार्टी विभाजन, मुख्यमन्त्री सिंह जनस्वराजमा

 इसीमाना सम्वाददाता     २०८२ असोज २९ गते ०३: ०३ मा प्रकाशित     228   पटक पढिएको

जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी औपचारिक रूपमा विभाजन भएको छ। मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनमत पार्टी परित्याग गरी नयाँ गठन भएको जनस्वराज (जस्वपा) पार्टीको पक्षमा सनाखत गरेका छन्।

 

सिंहले बुधवार प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर जनस्वराज पार्टीका प्रदेश सभा सदस्यका रूपमा आफ्नो सनाखत गरेका हुन्। जनमत पार्टीबाट निस्कासित दीपक कुमार साहको अध्यक्षतामा हिजो मात्र  नयाँ दल जनस्वराज पार्टी दर्ता भएको थियो।

 

यससँगै जनमतका पूर्वमन्त्री त्रिभुवन साहले पनि जनस्वराजमा सनाखत गरेका छन्। हालसम्म दुई जना प्रदेश सभा सदस्यले नयाँ दलको समर्थनमा सनाखत गरिसकेका छन्।

 

स्रोतका अनुसार, कम्तीमा पाँच जना सांसदले जनस्वराजको समर्थन गरेमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेतृत्वमा रहेको सरकारको बहुमत संकटमा पर्न सक्ने देखिएको छ।

 

उता, नेपाली कांग्रेस र नेकपा एमालेले सिंहलाई पुनः मुख्यमन्त्री बनाउने सहमति जनाएपछि, उनीहरूको समर्थनमा सिंहकै नेतृत्वमा नयाँ सरकार गठनको दाबी प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिएको छ। सिंहले हिजो विश्वासको मत सुनिश्चित गर्न नसकेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

 

प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्म दाबी पेश गर्न समय निर्धारण गरेको थियो।

 

यसैबीच, सिंह जनमत पार्टी परित्याग गरी जनस्वराजमा सनाखत गर्न निर्वाचन कार्यालय जाँदै गर्दा कार्यकर्ताबीच झडप भएको छ। कार्यकर्ताहरूले सिंहलाई कार्यालय प्रवेश गर्न नदिने प्रयास गर्दा प्रहरीले हस्तक्षेप गरेको र सामान्य झडप भएको प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.