logo

ठोरीमा एमालेको अन्तरक्रिया, पार्टी र सरकारलाई जनताको हितमा परिचालीत गर्ने लियो संकल्प

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ३ गते ०९: ५४ मा प्रकाशित     641   पटक पढिएको

बीरगंज । नेकपा एमालेको ठोरी पालिका कमिटीको आयोजनामा सुवर्णपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका स्थानीय कमिटीका वीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 
अनतरक्रिया कार्यक्रममा पार्टी र स्थानीय सरकारवीचको समबन्धको बारेमा घनीभुत छलफल भएको थियो । 


अन्तरक्रिया कार्यक्रममा पार्टी निर्माणकालागि बैचारिक क्षेत्रको काममा भएको  कमजोरीका बारेमा समिक्षा भएको थियो । पार्टीका तर्फबाट समग्र ठोरीको बिकास बिभिन्न आयामका बारेमा स्थानीय सरकारको ध्यानाकर्षण गराइएको थियो ।

पार्टीले निर्वाचनका बेला पार्टीको घोषणा मार्फत गरेको प्रतिवद्धतालाई पूनः स्मरण गरेको छ । पार्टीका पदाधिकारीले घोषणा  पत्रलाई ख्याल गर्न र त्यसमा गरिएको प्रतिवद्धता पुरा गर्ने गरि काम गर्न ठोरीको स्थानीय सरकारलाई आग्रह गरेका छन ।


अन्तरक्रिया कार्यक्रममा पार्टीका तर्फबाट कमी कमजोरी र सरकारका तर्फबाट भएका कमजोरीका बारेमा निर्मम समिक्षा गरिएको छ ।

अन्तरक्रिया कार्यक्रमले कमजोरी पहिचान गरेको र त्यसलाई सच्याउने प्रतिवद्धता ब्यक्त गरेको पालिका कमिटीका अध्यक्ष खगेन्द्र श्रेष्ठले बताए । 


कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय सदस्य र एवं क्षेत्रका इन्चार्ज अरविद कुमार सिंहले गरेका थिए ।

 पार्टीका पर्सा यन्चार्ज केन्द्रीय सदसइ प्रभू हजराले निर्देशनात्मक मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका पर्सा अध्यक्ष डा. बिश्वम्भर शर्मा संबिधान सभाका सदस्य एवं पोखरिया नगरपालिकाका प्रमुख प्रदुम्न चौहान, एमालेका नेता भगवान प्रसाद कुर्मी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 ठोरीका ५ वटै वडाबाट पार्टीका पदाधिकारी तथा गाउँपालिका अध्यक्ष लालबाहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मी लगायतले बिचार ब्यक्त गरेका थिए ।

 
अन्तरक्रिया कार्यक्रमले नेकपा एमाले ठोरीमा पार्टी र सरकारलाई जनताको बृहत हितमा परिचालन गर्ने संकल्प लिनु पर्ने निष्कर्ष निकालेको पाटी सचिव जगेन्द्र पौडेलले बताए ।


पार्टीका अध्यक्ष खगेन्द्र श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको  संचालन पार्टी सचिव जगेन्द्र पौडेलले गरेका थिए ।

 

कार्यक्रममा बहस नोटकर्ता के.सी.लामिछाने र गोविन्द प्रताप श्रेष्ठले अन्तरक्रियाबाट निस्केका समस्यालाई सुत्रवद्ध गरेर पार्टी निर्माण र संचालनकालागि गर्नु पर्ने कामको बिषयमा सुझाव प्रस्तुत गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.