प्रेस चौतारी नेपाल पर्सा जिल्ला कमिटीको बैठक आज सम्पन्न भएको छ । संगठनका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको बैठकमा प्रेस चौतारी नेपालका प्रदेश २ का इन्चार्ज लालबाबु शेख, प्रेस चौतारी नेपालका केन्द्रीय लेखा समितिका सदस्य के.सी.लामिछाने पूर्व उपाध्यक्ष महेश दास प्रेस चौतारीका नेता महेशचन्द्र गौतमले पछिल्लो राजनीतिक अवस्थामा संगठनको भूमिकाको बिषयमा प्रकाश पार्नु भएको थियो ।
बैठकले प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारहरुको जिल्ला भेला राख्ने निर्णय गरेको छ । शनिवार दिउसो ३ बजे बीरगंजको रोयल पार्टी प्यालेसमा भेलाको आयोजना गरिएको प्रेस चौतारी नेपाल पर्साका सचिव संजीन मिश्रले जानकारी दिनु भयो ।
भेलामा आसन्न नेपाल पत्रकार महासंघको जिल्ला प्रदेश तथा केन्द्रीय निर्वाचनका सन्दर्भमा पर्सा शाखाले निर्वाह गर्नु पर्ने भूमिकाको बिषयमा छलफल हुने आयोजकले जनाएका छन ।
भेलामा नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्वाचनमा प्रेस चौतारीले अगाडि सार्ने उम्मेदवारको बिषयमा समेत छलफल हुने जनाइएको छ ।
तपाईको प्रतिक्रिया