logo

जसपा बिवाद, नाम र चिन्ह हत्याउने दाउः ४५ दिनपछि आधिकारिकताको निर्णय आउने 

      6/19/2021 गते 00 00 मा प्रकाशित     968   पटक पढिएको

लगातार ६ महिनादेखि आन्तरिक विवादको भूमरीमा फसेको जनता समाजवादी पार्टी (जसपा) को बिवाद अव निर्वाचन आयोगको पोल्टामा पुगेको छ ।

 

पार्टीमाथिको आधिकारीक कब्जाको लागि यादव  र ठाकुर पक्षले निर्वाचन आयोगमा गुहार लगाएका छन  ।
आधिकारिताकोलागि जसपामा देखिएको विवादको बैधानिक रिुपणकालागि अव ४५ दिन लाग्ने भएको छ । सबै प्रक्रिया पूरा गरेर निर्णयमा पुग्न पनि करिब डेढ महिना समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

 


सत्ता समीकरणको विषयलाई लिएर सुरु भएको विवाद एक आर्कालाई कारवाही गरेर निकाल्ने स्तरमा पुगेको छ । पार्टी एकताको एक वर्ष पनि पुगेको छैन । अधिवेशनको कुरै भएन आधिकारिता प्राप्तीको होडबाजी भने मजैले चलेको छ ।


२३ फागुनको सर्वोच्च अदालतको फैसलापछि जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवको समूह विभाजित हुँदै गएको जसपाका दुबै समूहले अब पार्टी नाम र चुनाव चिन्ह हत्याउन कानुनी उपचारको दाउँपेचमा सक्रिय छन् ।


जसपाको यो दृश्य केही समय अगाडि तत्कालीन नेकपामा भएको जस्तै छ। ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ दल नेकपामा विवाद बढेर भएको ‘वाक’ र कानुनी युद्ध जस्तै जसपामा पनि भइरहेको छ ।


अर्थात् संसद विघटनपछि सत्तारुढ दल पनि दुई खेमामा विभाजित भएर आधिकारिकता लडाइँमा रहदै गर्दा अदालतको अर्को आदेशले पार्टी नै अलग बनाईदियो । त्यो प्रकरण बाहेर जसपले पनि त्यही नियति भोग्दै छ । जसरी कानुनी दाउँपेचमा नेकपाको विवाद अगाडि  बढेको थियो अहिले जसपाको विवादपनि दुबै पक्ष कानुनको सहारा लिन पुगेका छन । अर्थात् राजनीतिक रुपमा फुटेपनि कानुनीरुपमा अझै एकै रहेकाले दुईवटै समूह अब आधिकारिकता लिनमा केन्द्रीत बनेका छन ।


के हुँदैछ जसपामा ?


निर्वाचन आयोगले, जसपाका दुइवटै समूहले एक अर्कालाई गरेको कारबाहीको सिफारिस अमान्य रहेको निर्णय सुनाएपछि विवादले नयाँ मोड लिएको हो । 


निर्वाचन आयोगको निर्णयपछि जसपाका दुईवटै खेमाले अहिले आधिकारिकताको दाबी पेस गरिसकेका छन । निर्वाचन आयोगले मागे  अनुसार उपेन्द्र समूहले हिजो (शुक्रवार) मात्रै आफूहरुसंग बहुमत रहेको प्रमाणसहित आधिकारिकताको दाबी आयोगमा पेस गरेको छ ।


यादव समूहका नेता राजेन्द्र श्रेष्ठका अनुसार ३० जना कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहित आधिकारिकताको दाबी पेस भएको छ । आयोगको माग बमोजीम सबै कागजी प्रक्रिया पूरा गरेर आधारिकताको दाबी पेस गरिएको नेता श्रेष्ठले बताउनु भयो । 


अब निर्वाचन आयोगले जे फैसला गर्छ त्यही बमोजिम अगाडि बढ्ने तयारी आफ्नो समूहको रहेको नेता श्रेष्ठको भनाइ छ । राजनीतिक दलसम्बन्धी दफा  ४३ र ४४ बमोजिम आधिकारिता लिन दाबी माग गरेका छौं,यो अनुसार जसमा बहुमत छ उसैले पार्टीको नाम र चुनाव चिन्ह लिन्छ ।’ त्यसैले अब आयोगको फैसालको प्रतिक्षामा रहेको नेता श्रेष्ठले स्पष्ट पार्नु भयो ।


यता ठाकुर समूहका नेता एमव भूमि व्यवस्था तथा सहकारी मन्त्री लक्ष्मणलाल कर्णले पनि आफूहरु नै आधिकारिक रहेको प्रमाणसहित दाबी पेस गरेको बताउनु भयो  । 


यादव समूहले दाबी पेस गरेको ६÷७ दिन अगाडि नै आफूहरुले दाबी पेस गरिसकेको मन्त्री कर्णले बताउनु भयो  । हामीले बहुमत रेकर्ड दिइसकेका छौ, आगोगले माग गरे अनुसार नै ३६ जना कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेका छौं । अब जे फैसला आउँछ,त्यही अनुसार अगाडि बढ्छौ ।’ आयोगले प्रक्रिया अनुसार काम गरिरहेकोले अहिले केही प्रतिक्रिया जनाउने अवस्था नरहेको उहाँको भनाइ छ।


अब के हुन्छ ?


पार्टीको आधिकारितासहितको विवाद निक्र्योलको लागि आयोगमा दुइवटै समूहले दाबी पेस गरेका छन् । जसपा आधिकारिता दाबीको पत्र  निर्वाचन आयोगमा दर्ता नभएपनि सचिवालयमा दर्ता भएको निर्वाचन आयोग प्रमुख दिनेश थपलिले बताउनु भयो  । 


मैले थाहा पाएँ अनुसार एउटा समूहले हिजो आधिकारिकताको दाबी पेस गरेको छ,अर्को समूहले सदस्य फेरबदल भएको बारे जानकारी गराएको छ थपलियाले भन्नु भयो “ अब यो दूईवटै पत्रलाई धारा ४४ को (१)बमोजिम अगाडि बढाइन्छ । सबै प्रक्रिया पूरा भएर आएको रहेछ भने ४५ दिनभित्र निर्णय आउनेछ।’ 


निर्वाचन आयोग प्रमुख थपलियाका अनुसार सबै कागजी प्रक्रिया पुरा भएर आएको  छ भने जवाफका लागि १५ दिन अर्को पक्षलाई समय दिइन्छ । ‘त्यसमा पनि जवाफ नआए नियमतः फेरि १० दिन थप समय दिइनेछ,पुनः जवाफ नआए मिलाउनको लागि अर्को ७ दिनको समय दिइन्छ, ।

 

यो प्रक्रिया पुरा गर्दा  ३२ दिन जान्छ, केही जवाफ  नआएपछि वकालतको लागि थप ७ दिनको समय दिइन्छ,जुन जोड्दा ३९ दिन हुन जान्छ। त्यसपछि ३÷४ दिन अन्य सबै प्रकिया पूरा गर्न लाग्दा यो सब जोडेर करिब ४५ दिन पुग्न जान्छ।’ प्रमुख आयुक्त थपलियाका अनुसार यसरी नै आयोगले आफ्नो अगाडिको प्रक्रिया बढाउनेछ ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.