logo

रास्वपा पर्साद्वारा प्रतिनिधि सभा निर्वाचन लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सार्वजनिक

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १२ गते ०३: १२ मा प्रकाशित     282   पटक पढिएको

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८४ का लागि समानुपातिक बन्दसूचीका उम्मेदवार छनोट प्रक्रियाबारे जानकारी सार्वजनिक गरेको छ।

 

पार्टीका जिल्ला सभापति हरि पन्तले शुक्रबार होटल क्लासिक ब्याङ्केटमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रक्रिया औपचारिक रूपमा घोषणा गरेका हुन्।

 

सभापति पन्तका अनुसार उम्मेदवार छनोट प्रक्रिया पूर्ण रूपमा पारदर्शी, योग्य–आधारित र वैज्ञानिक ढङ्गले सञ्चालन गर्न पार्टीको केन्द्रीय समितिले विस्तृत मापदण्ड तयार पारेको छ।

 

 उनका अनुसार जिम्मेवारी बहन क्षमता, नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशीता तथा प्रारम्भिक निर्वाचन (प्राइमरी) अनिवार्यताजस्ता प्रमुख तत्वहरू मूल्यांकनका आधार हुनेछन्।

 

उम्मेदवार बन्ने व्यक्तिले कानुन अनुसार अयोग्य नठहरिएको, प्रहरी रिपोर्ट सफा रहेको, कालोसूचीमा नपरेको, पारिवारिक आधारभूत आवश्यकताहरू पूरा गरेको, वैध आम्दानी स्रोत रहेको, सम्पत्ति विवरण पेश गरेको, पार्टी अनुशासन समितिबाट अयोग्य नठहरिएको, अन्य राजनीतिक दल औपचारिकरूपमा त्यागेको तथा सार्वजनिक पदको दुरुपयोग नगरेकोसहित नौवटा प्रमुख योग्यता अनिवार्य रूपमा पूरा गर्नुपर्ने पन्तले स्पष्ट पारे।

 

“हाम्रो लक्ष्य नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, राष्ट्रिय एकता, सुशासन, दिगो शान्ति र समृद्धि सुनिश्चित गर्नु हो,” पन्तले भने, “यही उद्देश्यसहित फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तयारी सुरु गरिएको छ।”

 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, मधेस प्रदेश संगठन विभागका उपप्रमुख प्रमोद कुमार, शिक्षा प्रमुख सबु कडेल, उपप्रमुख सोनालाल पटेल, पर्सा जिल्ला कोषाध्यक्ष दिलिप प्रसाद कुर्मी, जिल्ला सहसचिव कृष्ण पासवान, पुरुषोत्तम उपाध्याय, मधेस प्रदेश संचार प्रमुख राम सरार्फ, प्रदिप पटेलसहित अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.