logo

कोटको गोजीबाट नेतृत्व छान्ने प्रवृत्तिले थाकेका नेताले त्यागे माओवादी रोजे प्रगतिशील लोकतान्त्रिक पार्टी

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १९ गते ०३: ४१ मा प्रकाशित     764   पटक पढिएको

वीरगञ्ज । माओवादी केन्द्रको आन्तरिक नेतृत्व शैली, संगठन सञ्चालन तरिका र विचारगत विचलनप्रति तीव्र असन्तुष्टि जनाउँदै विभिन्न तहका सात जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन्।

 

शुक्रवार  वीरगञ्जको नेपाल पत्रकार महासंघको कार्यालयमा  आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै विगत दुई दशकदेखि माओवादीसंगको सम्बन्ध तोडेको जनाएका हन ।

 

माओवादी आन्दोलनमार्फत सङ्घीयता, सामाजिक न्याय, समानुपातिक समावेशीकरणलगायतका परिवर्तनकारी मुद्दाहरू उठाइरहे पनि पार्टी पछिल्लो समय “गैर–कम्युनिस्ट ढंगले सञ्चालन हुँदै गएको” उनीहरुको आरोप छ।

 

नेताहरूका अनुसार “केन्द्रीयताको नाममा कोटको गोजीबाट नेतृत्व छान्ने प्रवृत्ति, पुरानै पुस्ताको एकाधिकार, र नयाँ पुस्ताको आवाज क्रमशः कमजोर हुँदै जाने” अवस्था उनीहरूलाई वैकल्पिक राजनीतिक दिशातर्फ जान बाध्य बनाउने प्रमुख कारण बनेको हो।

 

समानुपातिक प्रतिनिधित्व, निशुल्क शिक्षा र स्वास्थ्य, रोजगारी सिर्जना, सुशासन, सामाजिक न्याय तथा आधुनिक समाजवादी मार्गलाई मुख्य एजेन्डा बनाउँदै जनस्तरमा नयाँ विचारसहित जाने लक्ष्यप्रति प्रतिबद्ध रहेको भन्दै उनीहरूले प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेको घोषणा गरे।

 

प्र.लो.पा.रोज्नेहरुमा निम्नि नेताहरु रहेका छन ।

बालकृष्ण श्रेष्ठ – नेवाः राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रिय उपाध्यक्ष

अमिताभ बच्चन दास – पूर्व नेकपा माओवादी केन्द्र, प्रदेश २ क्षेत्रीय इञ्चार्ज

सन्तोष राज घिमिरे – पूर्व माओवादी केन्द्र नेता

सुनिल रौनियार – पूर्व माओवादी केन्द्र, प्रदेश २ क्षेत्रीय संयोजक

दिनेश प्रसाद यादव – पूर्व माओवादी केन्द्र, कालिकामाई गाउँपालिका

फनिद्र प्रसाद गुप्ता – युवा नेता

गायत्री सिंह – अखिल क्रान्तिकारी, केन्द्रिय लेखा आयोग उपाध्यक्ष

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

यस वर्षको सुबोध स्मृति पत्रकारिता  पुरस्कारबाट पत्रकार गौतम पुरस्कृत हुने

वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।

५८ जनाले गरे रक्तदान, राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लबलाई , रेडक्रस पर्साले दियो धन्यवाद

वीरगञ्ज । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगंजमा ५८ जनाले रक्तदान गरेका छन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.