logo

अखिल नेपाल किसान महासंघ, मधेश प्रदेशको विस्तारित बैठक सम्पन्न, महाधिवेशनमा व्यापक सहभागिताको तयारी

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २० गते ०४: ४५ मा प्रकाशित     822   पटक पढिएको

सर्लाही । अखिल नेपाल किसान महासंघ मधेश प्रदेश कमिटीको विस्तारित बैठक सर्लाहीको हरिवन नगरपालिका–११ स्थित सगुन सहकारीको सभाहलमा सम्पन्न भएको छ।

 

नेकपा (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने खुला सभामा मधेश प्रदेशका ८ वटै जिल्लाबाट झण्डा–ब्यानरसहित अधिकतम किसान उपस्थित गराउने विषयमा बैठकले महत्त्वपूर्ण निर्णय गरेको महासंघका मधेश इन्चार्ज उमेश गुप्ताले बताए।

 

बैठकले किसानहरूको पहिचानसहित संगठित रूपले भागीदारी सुनिश्चित गर्न वडास्तरदेखि प्रदेशस्तरसम्म संगठन विस्तार, परिचालन र व्यवस्थापनका कार्ययोजना पनि तय गरेको छ।

 

 मधेश प्रदेश कमिटीका अध्यक्ष निरञ्जन चौधरीले अध्यक्षता गरेको बैठकमा केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेती , केन्द्रीय सचिव तथा अनेकिमहासंघ मधेशका यन्चार्ज  उमेश गुप्ता, नेकपा (एमाले) सर्लाहीका उपाध्यक्ष विदुर प्याकुरेल, स्थायी कमिटी सदस्यहरू भोला यादव, प्रकाश थापा र रुपनारायण दासको सहभागीता रहेको थियो।

 

बैठकबारे जानकारी दिंदै केन्द्रीय सचिव उमेश गुप्ताले आगामी महाधिवेशन किसान आन्दोलन र संगठन सुदृढीकरणका लागि ऐतिहासिक मोड हो। मधेशका किसानको गरिमामय उपस्थिति सुनिश्चित गर्न प्रदेशभर विस्तृत तयारी भइरहेको छ।

 

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले बताएका छन्।नेकपा एमाले ११ औ महाधिवेशनमा के.पी.ओलीकै निरन्तरता पक्षमा मधेश प्रदेश रहेको बैठकले निर्णय गरेको गुप्ताले जनाए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.