काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी २.० समूहका युवाहरूलाई आफ्ना माग पूरा गराउन काठमाडौँमा आन्दोलन गर्नेभन्दा गाउँ फर्केर चुनावमा प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।
सोमबार सिंहदरबारमा जेनजी २.० ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले कतिपय मागहरू सरकारको क्षमता बाहिरका रहेको बताए।
सबै माग पूरा गर्नुपर्ने हो भने तिमीहरू आफैँ चुनाव लडेर सरकार बनाउ उनले भने क्यामेरा तेर्साएर माग राखेर मात्र काम हुँदैन।”
उनले जेनजीका युवाहरूलाई काठमाडौँमा भीड भएर बस्ने प्रवृत्ति छोडेर गाउँ–गाउँमा गएर नेतृत्व निर्माण गर्न सुझाव दिए।
उनका अनुसार केही मागहरू सरकारले विचार गर्न सक्ने भए पनि सबै माग तुरुन्त पूरा गर्न सम्भव छैन।
जेनजी २.० ले १ साताभित्र सीटीइभीटी सम्बन्धी समस्या समाधान, विशेषगरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीका लागि भर्ना व्यवस्था मिलाउन माग गर्दै अल्टिमेटम दिएको छ।
माग पूरा नभए त्यसको जिम्मेवारी सीटीइभीटी ले लिनुपर्ने उनीहरूको भनाइ छ।
तपाईको प्रतिक्रिया