logo

रौतहटका जयसवाल र भगत बाराका कुश्वाहा सहितका नेताहरुले प्रचण्डलाइ गरे परित्याग,नेता शर्माकोअभियानमा सहभागी हुने घोषणा

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ४ गते ०६: १८ मा प्रकाशित     387   पटक पढिएको

गौर । विघटित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक जायसवाल, सत्यनारायण भगतसहित रौतहटका अन्य नेता–कार्यकर्ताले प्रचण्ड नेतृत्वबाट आफूहरू अलग भएको घोषणा गरेका छन्।

 

नेकपा (एस) लगायतका साना दलसँग मिलेर प्रचण्डले नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि रौतहटका असन्तुष्ट नेताहरूले आजदेखि उनको साथ त्यागेको जानकारी दिएका छन्।

 

रौतहटमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा सहभागी हुने घोषणा गरेका हुन्।

 

नेता–कार्यकर्ताहरूले प्रचण्डमा देखिएको राजनीतिक तथा वैचारिक विचलन, संगठनमा फैलिएको नोकरशाही प्रवृत्ति, स्वार्थ–केन्द्रित गतिविधि र पदलोलुप गठबन्धनको कारण आफूहरू पीडित भएको आरोप लगाए।

 

उनीहरूले अब जनार्दन शर्माको नेतृत्वमा अघि बढ्न रौतहटका अन्य कार्यकर्ताहरूलाई पनि अभियानमा जोडिन आह्वान गरेका छन्।

 

यसैगरि बाराबाट संविधानसभा सदस्य रहेका  शिवचन्द्र कुश्वाहाको अध्यक्षतामा प्रगतिशील राष्ट्रिय अभियान, बाराको घोषणा गरिएको छ। कार्यक्रममा कुश्वाहाले प्रचण्डले आफ्नो राजनीतिक अस्तित्व जोगाउन  कार्यकर्तामाआधार नै नभएका १० जनासँग एकता गरेको आरोप लगाए।


कुश्वाहाले प्रगतिशील राष्ट्रिय अभियान देशभर विस्तार भइरहेका बेला प्रचण्ड नेतृत्वले अवसरवादी व्यक्ति र समूहसँग गठबन्धन गरेर आन्दोलनका मूल एजेण्डा कमजोर पार्ने प्रयास गरेको दाबी गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.