logo

राजनीतिक क्रियाकलापमा धाक धम्की र अवरोधको संस्कार अस्वीकार्यः एमाले मधेश प्रदेश कमिटी

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ७ गते ०१: ४५ मा प्रकाशित     221   पटक पढिएको

वीरगंज ।नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालले बारामा आयोजना गरेको प्रदेशस्तरीय युवा जागरण सभामा सहभागी हुन आउने नेताहरुको आगमनमा स्थानीय समूहले अवरोध सिर्जना गरेको घटनाप्रति नेकपा एमाले  माधेश प्रदेश कमिटीले कडा आपत्ति प्रकट गरेको छ।

 

पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तय भएको उक्त कार्यक्रम बुधबार सिमरामा पूर्व–निर्धारित समयअघि नै केही व्यक्तिहरूले जानीजानी विवाद सिर्जना गर्दै कार्यक्रम विथोल्ने प्रयास गरेको  मधेश प्रदेश कमिटीको आरोप छ।

 

करिब १५ दिनअघि नै तय गरिएको कार्यक्रमलाई योजनाबद्ध रूपमा रोक्न खोजिएको पार्टीका प्रदेश कमिटीका उपसचिव एवं प्रचार बिभाग प्रमुख आरती भण्डारीद्वारा जारी बिज्ञप्तिमा  उल्लेख छ।

 

भण्डारीका अनुसार, केही अराजक समूहले युवाहरूलाई उक्साउँदै समाजमा तनाव फैलाउने उद्देश्यले कार्यक्रम विथोल्ने काम गरेका हुन्। यस घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न स्थानीय प्रशासन तथा सरकार समक्ष  मधेश प्रदेश कमिटीले माग गरेको छ।

 

पार्टीका सीमरा नगर अध्यक्ष त्रिलोक शाहलाई मुद्धा लगाइएको वडा अध्यक्ष कैमुदिन अन्सारी, वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र अरविन्द साहलाई ‘अनावश्यक र राजनैतिक पूर्वाग्रहका साथ’ पक्राउ गरिएको भन्दै उनीहरु बिरुद्धको मुद्धा खारेजी र गिरफतर गरिएकाहरुको तत्काल रिहाईको माँग गरिएको छ।

 

 त्यसैगरि पार्टीका नेथा पूर्व मन्त्री किसान श्रेष्ठको घरमा अनधिकृत रुपमा प्रवेश गरि धाक धम्की दिइएको घटनालाई पनि कडा शब्दमा निन्दा गरिएको छ । धाकधम्की दिने सुदक गुरुङलाई पक्राउ गरि कारवाही गर्न समेत एमाले मधेश प्रदेश कमिटीले माँग गरेको छ ।

 

 उपसचिव  भण्डारीले जारी गरेको विज्ञप्तिमा कानून र लोकतान्त्रिक मूल्यविपरीत देखिएको यो गतिविधिले पार्टीको नियतविरुद्ध गलत सन्देश प्रवाह गर्न खोजिएको आरोप लगाइएको छ। उनले शान्तिपूर्ण राजनीतिक क्रियाकलापमा धाक धम्की र अवरोधको संस्कार अस्वीकार्य हुने बताएकी छन्।

May be an image of text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.