logo

राजनीतिक क्रियाकलापमा धाक धम्की र अवरोधको संस्कार अस्वीकार्यः एमाले मधेश प्रदेश कमिटी

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ७ गते ०१: ४५ मा प्रकाशित     321   पटक पढिएको

वीरगंज ।नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालले बारामा आयोजना गरेको प्रदेशस्तरीय युवा जागरण सभामा सहभागी हुन आउने नेताहरुको आगमनमा स्थानीय समूहले अवरोध सिर्जना गरेको घटनाप्रति नेकपा एमाले  माधेश प्रदेश कमिटीले कडा आपत्ति प्रकट गरेको छ।

 

पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तय भएको उक्त कार्यक्रम बुधबार सिमरामा पूर्व–निर्धारित समयअघि नै केही व्यक्तिहरूले जानीजानी विवाद सिर्जना गर्दै कार्यक्रम विथोल्ने प्रयास गरेको  मधेश प्रदेश कमिटीको आरोप छ।

 

करिब १५ दिनअघि नै तय गरिएको कार्यक्रमलाई योजनाबद्ध रूपमा रोक्न खोजिएको पार्टीका प्रदेश कमिटीका उपसचिव एवं प्रचार बिभाग प्रमुख आरती भण्डारीद्वारा जारी बिज्ञप्तिमा  उल्लेख छ।

 

भण्डारीका अनुसार, केही अराजक समूहले युवाहरूलाई उक्साउँदै समाजमा तनाव फैलाउने उद्देश्यले कार्यक्रम विथोल्ने काम गरेका हुन्। यस घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न स्थानीय प्रशासन तथा सरकार समक्ष  मधेश प्रदेश कमिटीले माग गरेको छ।

 

पार्टीका सीमरा नगर अध्यक्ष त्रिलोक शाहलाई मुद्धा लगाइएको वडा अध्यक्ष कैमुदिन अन्सारी, वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र अरविन्द साहलाई ‘अनावश्यक र राजनैतिक पूर्वाग्रहका साथ’ पक्राउ गरिएको भन्दै उनीहरु बिरुद्धको मुद्धा खारेजी र गिरफतर गरिएकाहरुको तत्काल रिहाईको माँग गरिएको छ।

 

 त्यसैगरि पार्टीका नेथा पूर्व मन्त्री किसान श्रेष्ठको घरमा अनधिकृत रुपमा प्रवेश गरि धाक धम्की दिइएको घटनालाई पनि कडा शब्दमा निन्दा गरिएको छ । धाकधम्की दिने सुदक गुरुङलाई पक्राउ गरि कारवाही गर्न समेत एमाले मधेश प्रदेश कमिटीले माँग गरेको छ ।

 

 उपसचिव  भण्डारीले जारी गरेको विज्ञप्तिमा कानून र लोकतान्त्रिक मूल्यविपरीत देखिएको यो गतिविधिले पार्टीको नियतविरुद्ध गलत सन्देश प्रवाह गर्न खोजिएको आरोप लगाइएको छ। उनले शान्तिपूर्ण राजनीतिक क्रियाकलापमा धाक धम्की र अवरोधको संस्कार अस्वीकार्य हुने बताएकी छन्।

May be an image of text

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.