logo

जेनजीका नाममा घुसपैठ भएको छ,सिङ्गो देश राजनैतिक दल र नगरिकलाई सचेत हुन आग्रह गर्छुः एमाले नेता बस्नेत

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ७ गते ०२: २९ मा प्रकाशित     47   पटक पढिएको

वीरगंज । बिराटनगरमा नेकपा एमाले नेता भानुक्त ढकाल र महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने र भौतीक आक्रमणको प्रयास भएको छ ।

 

 देशभर राजनीतिक उत्तेजना र युवामध्ये बढ्दो अस्वस्थ गतिविधिबीच हालै विराटनगर विमानस्थलमा नेकपा (एमाले)का नेतामाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमणको प्रयासले व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ। घटनालाई राजनीतिक दलदेखि नागरिक समाजसम्मले गम्भीर र निन्दनीय बताएका छन्।

 

राजनीतिक विश्लेषकहरूका अनुसार, लोकतान्त्रिक व्यवस्थामा विरोध प्रदर्शनको अधिकार भए पनि “विरोधको पनि मर्यादा हुन्छ” भन्ने सिद्धान्तको उल्लङ्घन हुँदै गएकोमा चिन्ता बढ्दो छ।

 

 शान्तिपूर्ण सभा–जुलुस तथा देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु प्रत्येक नागरिकको नैसर्गिक र संवैधानिक अधिकार भए पनि–अर्कातर्फ, आक्रमण, धम्की र हिंसात्मक गतिविधि कुनै हालतमा स्वीकार्य नहुने जनाइएको छ।

 

यसैबीच, देशका विभिन्न स्थानमा राजनीतिक रूपमा प्रेरित युवादल, ग्याङ–संस्कृति र संगठित समूहहरूको सक्रियता बढ्दै गएको विश्लेषणहरूका बीच “हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अघि बढ्छ” भन्ने सन्देश बलियो रूपमा उठ्न थालेको छ।


नेकपा एमालेका नेता महेश बस्नेतले आफनो फेसबुक पेज मार्फत बिराटनगरमा आफूमाथि भएको आक्रमणमा  कांग्रेस निकट विद्यार्थी नेताहरूले दिएको सूचनाअनुसार नेपाल विद्यार्थी संघ, महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति सन्जोग गौतम र सदस्य अर्पित कुँवर संलग्न भएको दाबी गरेका छन।

 

 प्रहरीले उनीहरुलाई पक्राउ समेत गरेको छ । घटनाबारे आधिकारिक निकायले भने अझै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

 

त्यस्तै, आर–आर कलेज क्षेत्रमा कालो ज्याकेटसहित देखिएका व्यक्तिलाई काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका एक वडाध्यक्ष (नेकपा एस) सम्बद्ध) भएको उनले लेखेका छन।

 

यसैबीच, बाराको सिमरा क्षेत्रमा सरकारी कार्यालयदेखि निजी घरसम्ममा भएका आगजनी घटनामा सम्राट उपाध्याय नामक व्यक्ति संलग्न देखिएको र पूर्वमन्त्री किसान श्रेष्ठको घरमा भएको धक्का–मुक्का तथा लुटपाटसम्बन्धी घटनामा सुदन गुरुङ नेतृत्वको समूह संलग्न भएको उनले लेखेका छन । उनले खास गरेर जेनजीका नाममा भएका घटनमा संलग्नहरु साच्चिकै जेनजी हुन भन्दै प्रन उठाएका छन ।

 

यी ब्यक्तिहरु कुन जेनेरेशन जेड  पर्छन् ? जेनेरेशन जेड को नाममा व्यापक घुसपैठ भएको तथ्य स्पष्ट छ। यो अवस्थामा  सिङ्गो देश राजनैतिक दल र नगरिकलाई सचेत हुन उनले अपिल गरेका छन । राजनीतिक गतिविधि संजान गर्न निरन्तर क्रियाशिल रहेका बस्नेतलाई जाहा गए पनि जेनजीका नाममा अवरोध सृजना गरिएको छ ।

 

जेनजीको सर्मथनमा रहेको सरकार चुनाव गर्ने भन्छ तर जेनजीको नाममा राजनीतिक गतिविधि संचालन गर्न अवरोध सृजना हुदै आएकोले चुनाव प्रतिको सरकारी प्रतिवद्धता प्रति आम बिश्वास बन्न सकेको छैन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पर्सागढीको कटानीमा निःशुल्क आँखा शिविर सम्पन्न, दर्जनौँले पाए उपचार सेवा

वीरगञ्ज । पर्सागढी सहिद स्मृति प्रतिष्ठान, पर्सागढी–२ कटानी र वीरगंज सामुदायिक आँखा केन्द्रको संयुक्त पहलमा पर्सागढी नगरपालिका–२ कटानीमा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

पर्सा प्रहरीको चेतावनी, सामाजिक सञ्जालका भ्रामक समाचारप्रति सतर्क रहन अनुरोध

वीरगंज ।  पर्सा जिल्लामा सामाजिक सञ्जालहरू टिकटक फेसबुक लगायतका सामाजिक नेकवर्क मार्फत तोडफोड, आगजनी र अशान्ति भएको भनेर फैलिएका भिडियो र समाचारहरू पूर्ण रूपमा भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.