logo

जेनजीका नाममा घुसपैठ भएको छ,सिङ्गो देश राजनैतिक दल र नगरिकलाई सचेत हुन आग्रह गर्छुः एमाले नेता बस्नेत

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ७ गते ०२: २९ मा प्रकाशित     385   पटक पढिएको

वीरगंज । बिराटनगरमा नेकपा एमाले नेता भानुक्त ढकाल र महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने र भौतीक आक्रमणको प्रयास भएको छ ।

 

 देशभर राजनीतिक उत्तेजना र युवामध्ये बढ्दो अस्वस्थ गतिविधिबीच हालै विराटनगर विमानस्थलमा नेकपा (एमाले)का नेतामाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमणको प्रयासले व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ। घटनालाई राजनीतिक दलदेखि नागरिक समाजसम्मले गम्भीर र निन्दनीय बताएका छन्।

 

राजनीतिक विश्लेषकहरूका अनुसार, लोकतान्त्रिक व्यवस्थामा विरोध प्रदर्शनको अधिकार भए पनि “विरोधको पनि मर्यादा हुन्छ” भन्ने सिद्धान्तको उल्लङ्घन हुँदै गएकोमा चिन्ता बढ्दो छ।

 

 शान्तिपूर्ण सभा–जुलुस तथा देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु प्रत्येक नागरिकको नैसर्गिक र संवैधानिक अधिकार भए पनि–अर्कातर्फ, आक्रमण, धम्की र हिंसात्मक गतिविधि कुनै हालतमा स्वीकार्य नहुने जनाइएको छ।

 

यसैबीच, देशका विभिन्न स्थानमा राजनीतिक रूपमा प्रेरित युवादल, ग्याङ–संस्कृति र संगठित समूहहरूको सक्रियता बढ्दै गएको विश्लेषणहरूका बीच “हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अघि बढ्छ” भन्ने सन्देश बलियो रूपमा उठ्न थालेको छ।


नेकपा एमालेका नेता महेश बस्नेतले आफनो फेसबुक पेज मार्फत बिराटनगरमा आफूमाथि भएको आक्रमणमा  कांग्रेस निकट विद्यार्थी नेताहरूले दिएको सूचनाअनुसार नेपाल विद्यार्थी संघ, महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति सन्जोग गौतम र सदस्य अर्पित कुँवर संलग्न भएको दाबी गरेका छन।

 

 प्रहरीले उनीहरुलाई पक्राउ समेत गरेको छ । घटनाबारे आधिकारिक निकायले भने अझै औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

 

त्यस्तै, आर–आर कलेज क्षेत्रमा कालो ज्याकेटसहित देखिएका व्यक्तिलाई काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका एक वडाध्यक्ष (नेकपा एस) सम्बद्ध) भएको उनले लेखेका छन।

 

यसैबीच, बाराको सिमरा क्षेत्रमा सरकारी कार्यालयदेखि निजी घरसम्ममा भएका आगजनी घटनामा सम्राट उपाध्याय नामक व्यक्ति संलग्न देखिएको र पूर्वमन्त्री किसान श्रेष्ठको घरमा भएको धक्का–मुक्का तथा लुटपाटसम्बन्धी घटनामा सुदन गुरुङ नेतृत्वको समूह संलग्न भएको उनले लेखेका छन । उनले खास गरेर जेनजीका नाममा भएका घटनमा संलग्नहरु साच्चिकै जेनजी हुन भन्दै प्रन उठाएका छन ।

 

यी ब्यक्तिहरु कुन जेनेरेशन जेड  पर्छन् ? जेनेरेशन जेड को नाममा व्यापक घुसपैठ भएको तथ्य स्पष्ट छ। यो अवस्थामा  सिङ्गो देश राजनैतिक दल र नगरिकलाई सचेत हुन उनले अपिल गरेका छन । राजनीतिक गतिविधि संजान गर्न निरन्तर क्रियाशिल रहेका बस्नेतलाई जाहा गए पनि जेनजीका नाममा अवरोध सृजना गरिएको छ ।

 

जेनजीको सर्मथनमा रहेको सरकार चुनाव गर्ने भन्छ तर जेनजीको नाममा राजनीतिक गतिविधि संचालन गर्न अवरोध सृजना हुदै आएकोले चुनाव प्रतिको सरकारी प्रतिवद्धता प्रति आम बिश्वास बन्न सकेको छैन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.