logo

एमालेको महाधिवेशनको नारा , निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प ,समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १० गते ०३: १४ मा प्रकाशित     299   पटक पढिएको

काठमाडौँ । नेकपा एमालेको  यही मंसिर २७–२९ मा महाधिवेशनकालागि  ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प ,समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरिएको छ  ।

 

महासचिव शंकर पोखरेल संयोजक रहेको ११ औँ राष्ट्रिय महाधिवेशनको सचिवालय समितिले महाधिवेशनको नारा तय गरेको हो । 

 

साथै बैठकले महाधिवेशन तयारीका लागि बनेका १२ वटा समितिहरूले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा समक्षिा गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

 

पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रूप दिने तयारी भइरहेको उनले बताए ।

 

यस्तै महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुने तय भएको छ। काठमाण्डुको भृकुटीमण्डपमा ठाउँ साँघुरो भएपछि उद्घाटन भक्तपुरमा गर्ने निर्णय गरिएको हो । महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डपमा हुनेछ ।

 

महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा गर्ने निर्णय भएको गौतमले जानकारी दिए । गौतमका अनुसार भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि महाधिवेशनको उद्घाटन सत्र भक्तपुरमा गर्ने निर्णय भएको हो ।

 

 महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डमा हुनेछ । एमालेले टुडिखेलस्थित खुल्लामञ्चमा गर्ने गरी छलफल पनि गरेको थियो ।

 

काठमाण्डु महानगरपालिकाले काम सम्पन्न भइनसकेको भन्दै स्थान उपलब्ध नगर्ने भएपछि एमालेले महाधिवेशनको बन्दसत्र सल्लाघारीमा गर्ने भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.