वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगन्ज महानगरको प्रथम महानगर भेला आज सम्पन्न भएको छ। भेलाबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ।
भेलाले अमन आलम लाई महानगर सभापतिमा चयन गरेको छ। त्यस्तै, उपसभापतिमा परितोष दिवेदी, सचिवमा गौतम स्था तथा सहसचिवमा ःमुना साह चयन भएका छन्।
पार्टीका जिल्ला सभापति हरि पन्तले नव–निर्वाचित नेतृत्वप्रति पार्टीका नेता तथा कार्यकर्ताहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। भेलामा संगठन सुदृढीकरण, स्थानीय तहमा पार्टीको भूमिका, तथा आगामी राजनीतिक कार्यदिशाबारे समेत छलफल गरिएको थियो।
नवगठित महानगर समितिले वीरगन्ज महानगरभित्र संगठन विस्तार, जनसमस्याको समाधानमा सक्रिय भूमिका खेल्ने तथा पार्टीको नीति–कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यहरूको सक्रिय उपस्थितिले भेलालाई सफल बनाएको आयोजकले जनाएका छन्।
तपाईको प्रतिक्रिया