जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरूले सोमबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण गर्ने मन्त्रीहरूमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी रानी शर्मा तिवारी र नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुश्वाहा रहेका छन्।
रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् भने जवाहरलाल कुश्वाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। तिवारी यस अघि पनि शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी थिइन ।
यसैगरी, यसअघि बिना विभागीय मन्त्री रहेका नेपाली कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
साथै नेकपा समाजवादीका कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। नयाँ मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमार्फत सेवा प्रवाह, विकास निर्माण तथा जनमुखी कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
तपाईको प्रतिक्रिया