वीरगंज । जनता समाजवादी पार्टी नेपाल, पर्साको प्रतिनिधि सभा क्षेत्र नं. १ को क्षेत्रीय भेला सम्पन्न भएको छ।
भेलाले सुन्दर प्रसाद कानुको अध्यक्षतामा ३५ सदस्यीय प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति गठन गरेको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माननीय लालबाबु राउत उपस्थित थिए।
कार्यक्रममा केन्द्रीय सदस्यहरू बिरेन्द्र यादव, करिमा बेगम र फिरोज मन्सुर तथा मधेश प्रदेशका नेता महाराज यादव र शेख समीर जिल्ला अध्यक्ष रामनरेश यादव लगायत जिल्ला स्तरका पदाधिकारी तथा पार्टी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता वीरगञ्ज महानगर अध्यक्ष घनश्याम बाबू गुप्ताले गरेका थिए भने कार्यक्रम सञ्चालन जिल्ला कार्यकारिणी सदस्य कुमार बन्धु रुपाखेतीले गरेका थिए ।
भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक गतिविधि तथा जनसमस्याका विषयमा छलफल गरिएको बताइएको छ।
तपाईको प्रतिक्रिया