logo

संविधान सभा सदस्य थारुले त्यागे एमाले उनीसंगै गए दर्जनौ नेता कार्यकर्ता

 इसीमाना सम्वाददाता     २०८२ पौष ११ गते ०६: ३० मा प्रकाशित     352   पटक पढिएको

वीरगंज  । दोस्रो संविधानसभाका सदस्य जयप्रकाश थारु नेकपा (एमाले( परित्याग गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन।


एमाले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै थारुले पार्टी छोड्ने निर्णय गरेका हुन्। उनीसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का सयौँ नेता तथा कार्यकर्ता पनि एमाले परित्याग गरी नेकपामा सामेल भएका छन ।

 

उनीहरू आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष समारोहमार्फत औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन।


नेकपा (एमाले) पर्साका पूर्व अध्यक्षसमेत रहेका थारु निकट स्रोतका अनुसार आगामी निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाउने आश्वासनका आधारमा पार्टी प्रवेशको निर्णय गरिएको हो। 

 


थारु दोस्रो संविधानसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका रमेश रिजाललाई पराजित गर्दै विजयी भएका थिए। त्यसपछि भएका दुवै निर्वाचनमा भने उनी पर्सा ४(१) बाट प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका शङ्कर चौधरीसँग पराजित हुँदै आएका छन्।


थारुको नेकपा प्रवेशले पर्सा जिल्लाको कम्युनिस्ट राजनीतिमा नयाँ तरङ्ग ल्याउने अनुमान गरिएको छ। थारुसंगै शालीन नेता लेखमान थापा, रामजनम खवास ,श्रीकान्ती देवी थारु , उर्मिला चौधरी , कुनाल थारु लगायतका दर्जनौ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।

 

नेकपाले मधेस प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिअन्तर्गत यस्ता राजनीतिक प्रवेशलाई प्राथमिकता दिएको देखिन्छ। यसअघि पनि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट मधेश प्रदेशका   प्रदेशसभा सदस्य प्रह्लाद गिरी, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योती चौरसियासहित सयौँ नेता तथा कार्यकर्ता एमाले त्यागेर नेकपामा प्रवेश गरिसकेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको  निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

एमाले सचिवालयको बैठक सम्पन्न यस्ता छन चार निर्णय

काठमाडौँ । पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि आज बिहान बसेको  एमालेको सचिवालय बैठकले चार वटा निर्णय गरेको छ ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.