वीरगञ्ज । आगामी निर्वाचनमा पुराना दलहरू पुनः भोट माग्न आए उनीहरूलाई कडा प्रश्न गर्न आमजनतालाई राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरी पन्तले आग्रह गरेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ र ५ को प्रथम भेलालाई सम्बोधन गर्दै पन्तले विगत करिब पैंतीस वर्षदेखि पटक–पटक शासन सत्ताको केन्द्रमा रहेका पुराना दलहरूले जनतासामु मत माग्ने नैतिक अधिकारसमेत गुमाइसकेको दाबी गरे। “देश र जनताका लागि के गरे भनेर पुराना दलहरूसँग जनताले स्पष्ट जवाफ माग्नुपर्छ,” उनले भने।
उक्त भेलाबाट राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन वीरगञ्ज महानगरका वडा नम्बर ४ र ५ मा विस्तार गरिएको छ। भेलाले वडा नम्बर ४ मा सञ्चारकर्मी मुकेश सिंहको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ।
समितिको उपसभापतिमा संगीता जोशी, सचिवमा पुकार थापा तथा सदस्यहरूमा शेख सहजाद, कृष्टा थापा, सुनिल दर्लामी, विजय चौहान, रोजन जोशी, प्रितम श्रेष्ठ, शंकर थापा र सरु जोशी रहेका छन्।
त्यसैगरी वडा नम्बर ५ मा इमरान शेखको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ। समितिको उपसभापतिमा अरुण मानन्धर, सचिवमा सकील अहमद तथा सदस्यहरूमा अमित जोशी, जमिर अख्तर, सुनिल सरार्फ, सरस्वती गुरुङ, जावेद अख्तर, शनि मानन्धर, सजाद अहमद र ओमी गुरुङ रहेका छन्।
रास्वपा वीरगञ्ज महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भेलाको सहजीकरण मधेस प्रदेश संगठन विभागका उपप्रमुख प्रमोदले गरेका थिए। कार्यक्रममा महानगर उपसभापति परितोष द्विवेदीले स्वागत मन्तव्य राखेका थिए।
भेलामा क्षेत्रीय सभापतिहरू राम आर्य र फैयाद मियाँ, महानगर सचिव गौतम श्रेष्ठ, नेता परवेज अख्तर, नितु खड्गी, सुदिश प्रजापति, मुन्ना साहलगायतले आ–आफ्ना धारणा राख्दै रास्वपाको संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिमा जनताको भूमिकाबारे चर्चा गरेका थिए।
तपाईको प्रतिक्रिया