वीरगंज । नेकपा (एमाले( पर्सा जिल्लाबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ बिचारी यादवको नाम सिफारिशमा परेको छ ।
कपा एमाले पर्साका उपाध्यक्ष मनोज गुप्ताले सामाजिक संजाल मार्फत यस्तो जानकारी साझा गरेका छन । उनले एकल नाम सिफारिसमा पर्नु भएका बिचारी यादवलाई हार्दिक बधाई समेत ब्यक्त गरेका छन ।
लामो समयदेखि पार्टी, संगठन र जनताको हितमा निष्ठापूर्वक योगदान गर्दै आएनु का यादवको सक्रियता, संगठन निर्माणमा खेलेको भूमिका र जनतासँगको निरन्तर सम्पर्कलाई उच्च मूल्यांकन गर्दै पार्टीले समानुपातिक तर्फ एकल नाम सिफारिस गरेको बताइएको छ।
स्थानीय तहदेखि प्रदेश स्तरसम्म पार्टीका विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएका यादव श्रमिक, किसान, महिला तथा पिछडिएका समुदायका सवाललाई निरन्तर उठाउँने नेताको रुपमा परिचित छन ।
उनको राजनीतिक यात्रामा इमानदारी, अनुशासन र पार्टीप्रतिको प्रतिबद्धता मुख्य आधार रहेको पार्टीका नेताहरू बताउँछन्।
पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले आगामी दिनमा अझ जिम्मेवार भूमिका निर्वाह गर्दै संगठन सुदृढीकरण र जनताको हकहितका लागि सशक्त रूपमा आवाज उठाउन सफल हुनुहोस् भन्ने कामना व्यक्त गरेका छन्।
यादव ०७२ मा संबिधान जारी गरेको संबिधान सभाका सदस्य समेत हुन । हाल मधेश प्रदेशको उपाध्यक्षको जिम्मेवारीमा रहेर आफनो काममा क्रियाशिल यादव मधेशका इमान्दार नेताको रुपमा स्थापित छन ।
तपाईको प्रतिक्रिया