logo

एमाले पर्साबाट प्रतिनिधि सभा समानुपातिकतर्फ बिचारी यादवको एकल सिफारिस

 इसीमाना सम्वाददाता     २०८२ पौष १४ गते ०८: ३६ मा प्रकाशित     352   पटक पढिएको

वीरगंज । नेकपा (एमाले( पर्सा जिल्लाबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ बिचारी यादवको नाम सिफारिशमा परेको छ ।

 

कपा एमाले पर्साका उपाध्यक्ष मनोज गुप्ताले सामाजिक संजाल मार्फत यस्तो जानकारी साझा गरेका छन । उनले एकल नाम सिफारिसमा पर्नु भएका  बिचारी यादवलाई हार्दिक बधाई समेत ब्यक्त गरेका छन ।

 

लामो समयदेखि पार्टी, संगठन र जनताको हितमा निष्ठापूर्वक योगदान गर्दै आएनु का  यादवको सक्रियता, संगठन निर्माणमा खेलेको भूमिका र जनतासँगको निरन्तर सम्पर्कलाई उच्च मूल्यांकन गर्दै पार्टीले समानुपातिक तर्फ एकल नाम सिफारिस गरेको बताइएको छ।

 

स्थानीय तहदेखि प्रदेश स्तरसम्म पार्टीका विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएका  यादव श्रमिक, किसान, महिला तथा पिछडिएका समुदायका सवाललाई निरन्तर उठाउँने नेताको रुपमा परिचित छन ।

 

उनको राजनीतिक यात्रामा इमानदारी, अनुशासन र पार्टीप्रतिको प्रतिबद्धता मुख्य आधार रहेको पार्टीका नेताहरू बताउँछन्।

 


पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले आगामी दिनमा अझ जिम्मेवार भूमिका निर्वाह गर्दै संगठन सुदृढीकरण र जनताको हकहितका लागि सशक्त रूपमा आवाज उठाउन सफल हुनुहोस् भन्ने कामना व्यक्त गरेका छन्।

 

 यादव ०७२ मा संबिधान जारी गरेको संबिधान सभाका सदस्य समेत हुन । हाल मधेश प्रदेशको उपाध्यक्षको जिम्मेवारीमा रहेर आफनो काममा क्रियाशिल यादव मधेशका इमान्दार नेताको रुपमा स्थापित छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.