logo

नेपाली कांग्रेसले प्रादेशीक जनसंख्याको अनुपातमा साँसदको सुची बुझायो

 इसीमाना सम्वाददाता     २०८२ पौष १५ गते ११: ३९ मा प्रकाशित     241   पटक पढिएको

काठमाडौँ।नेपाली कांग्रेसले प्रादेशिक जनसंख्याको अनुपातमा समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ।

 

कांग्रेसले यो अभ्यास जनसंख्याको अनुपातमा अवसर माग गर्नेहरूका लागि असल अभ्यासको मानकका रूपमा स्थापित हुने दाबी गरेको छ।

 

उसले कुल १ सय १० सिटलाई प्रादेशिक जनसंख्याको अनुपातमा बाँड्दा बागमती प्रदेशबाट २२, मधेश प्रदेशबाट २१, कोसीबाट १८, लुम्बिनीबाट १७, गण्डकीबाट ११, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जना उम्मेदवार कांग्रेसको समानुपातिक सूचीमा समेटिएका छन्।

 


केही प्राविधिक झन्झटका कारण कांग्रेसले मंगलबार बिहान निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको हो। पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिएपछि सूची बुझाउन ढिलाइ भएको कांग्रेसले जनाएको छ।

 

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बन्दसूची सोमबार रातिसम्म तयार भइसकेको थियो। तर हस्ताक्षरसँग सम्बन्धित प्राविधिक समस्या समाधान गर्न समय लाग्दा मंगलबार बिहान मात्रै सूची बुझाइएको हो।

 


“केही प्राविधिक विषय मिलाउनुपर्दा ढिलाइ भयो, मंगलबार बिहान आयोगमा बन्दसूची बुझायौँ,” उनले भने।

 

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गतेसम्म समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। कांग्रेसले तोकिएको समयमै शुल्क तिरेर भौचर काटे पनि बन्दसूची भने मंगलबार बिहानमात्रै बुझाएको हो।

 

डिजिटल हस्ताक्षर अस्वीकृत भएपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल मंगलबार बिहान सभापति देउवाको महाराजगञ्जस्थित निवास पुगेर बन्दसूचीमा हस्ताक्षर गराएका थिए। त्यसपछि सूची आयोगमा बुझाइएको पार्टीले जनाएको छ।

 

यसपटक कांग्रेसले २०६४ साल यता समानुपातिकतर्फबाट सांसद बनेका कुनै पनि व्यक्तिलाई सूचीमा नसमेटेको छ। पार्टीले पाँच प्रतिशतभन्दा बढी जेन–जी पुस्ताको प्रतिनिधित्व रहेको दाबी पनि गरेको छ।

 

उम्मेदवार छनोटमा संस्थापन पक्षलाई ६० प्रतिशत र इतर पक्षलाई ४० प्रतिशत भागबन्डा मिलाइएको कांग्रेसको भनाइ छ। क्षेत्रीय वितरणतर्फ बागमती प्रदेशपछि मधेश प्रदेशबाट दोस्रो बढी प्रतिनिधित्व परेको छ, जसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

इँटाको चाङ खस्दा तीन मजदुरको मृत्यु, दूई घाइते

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटाको चाङ खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सेस्मी इन्टरनेशनल स्कुलद्वारा जेहेन्दार छात्र–छात्रालाई साइकल वितरण

वीरगञ्ज । सेस्मी इन्टरनेशनल स्कुल वीरगञ्जले अध्ययनमा उत्कृष्ट तथा आर्थिक रूपमा कमजोर जेहेन्दार छात्र–छात्राहरूलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले साइकल वितरण गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.