logo

दलित सशक्तीकरण ऐन निर्माणको लागि सखुवाप्रसौनी गाउँपालिकामा पहल तथा खबरदारी अभियान

 इसीमाना सम्वाददाता     २०८२ पौष १५ गते ०२: १८ मा प्रकाशित     82   पटक पढिएको

वीरगंज । सखुवाप्रसौनी गाउँपालिकामा दलित सशक्तीकरण ऐन निर्माण गर्ने विषयमा सकारात्मक पहल सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष यशवंत यादव तथा प्रमुख प्रशासकीय अधिकृत सञ्जिव कुमार यादवले दलित सशक्तीकरण ऐन निर्माण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका  छन।

 

दलित समुदायको सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणलाई संस्थागत गर्न ऐन आवश्यक रहेको भन्दै स्थानीय तहमा पहल तथा खबरदारी अभियान सञ्चालन गरिएको थियो।

 

सोही अभियानका क्रममा गाउँपालिका नेतृत्वसँग भएको छलफलमा अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत यादवले ऐन निर्माण प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता जनाएको दलीत अगुवा मनोज रामले जानकारी दिए ।

 

अभियानमा सहभागी दलित अधिकारकर्मी तथा स्थानीय अगुवाहरूले दलित समुदायले भोग्दै आएका विभेद, अवसरको अभाव र पहुँचको समस्यालाई समाधान गर्न ऐन अत्यन्त आवश्यक रहेको बताएका थिए। उनीहरूले ऐनमार्फत बजेट सुनिश्चितता, सहभागिता वृद्धि र समावेशी विकासको बाटो खुल्ने विश्वास व्यक्त गरेका छन्।

 

गाउँपालिका नेतृत्वको यस प्रतिबद्धतालाई दलित समुदाय तथा नागरिक समाजले सकारात्मक कदमको रूपमा स्वागत गरेका छन्। अब ऐन निर्माण प्रक्रिया छिटो अघि बढोस् भन्ने अपेक्षा समेत व्यक्त गरिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहलाई आवश्यकताअनुसार कानून निर्माण गर्ने अधिकार रहेकाले दलित समुदायका लागि छुट्टै ऐन अपरिहार्य भएको माग गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जन्मदिनमा मानवीय सन्देश,प्रहरी निरीक्षक थापाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

स्व.डा. दासको स्मृतिमा साढे पाँच लाखको अक्षयकोष स्थापना ,बिद्यार्थी र बिरामीलाई सहयोग उपलब्ध गराइने

बीरगन्ज ।  गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका मनिष दासले आइतवार चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.