logo

सुदूरपश्चिममा नेकपाको उम्मेदवार टुंगो, अधिकांश क्षेत्रमा नाम सार्वजनिक

 इसीमाना सम्बाददाता     २०८२ माघ ३ गते ०७: १३ मा प्रकाशित     303   पटक पढिएको

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा उम्मेदवार चयन प्रक्रिया तीव्र बनाएको छ।

 

 

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेको छ।

 

कैलाली जिल्लामा क्षेत्र नम्बर ५ बाट प्रेम आले, क्षेत्र नम्बर ४ बाट हरि चौधरी उत्सव, क्षेत्र नम्बर ३ बाट वीरमान चौधरी र क्षेत्र नम्बर २ बाट राजेन्द्र साउदलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। कैलाली क्षेत्र नम्बर १ मा भने उम्मेदवारको विषयमा अझै सहमति जुट्न बाँकी रहेको बताइएको छ।

 

यसैगरी कञ्चनपुर जिल्लामा क्षेत्र नम्बर १ बाट बीना मगर, क्षेत्र नम्बर २ बाट लालबहादुर खड्का र क्षेत्र नम्बर ३ बाट मानबहादुर सुनाको नाम उम्मेदवारका रूपमा टुंगिएको छ।

 

नेकपा नेता भीम रावल आफ्नो गृहजिल्ला अछाम क्षेत्र नम्बर १ बाट आफैं निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् भने अछाम क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारीले पार्टीको टिकट पाएका छन्।

 

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपाबाट मानसिंह माल उम्मेदवार बन्ने भएका छन्। त्यस्तै दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बझाङबाट मीनबहादुर कुँवरलाई उम्मेदवार चयन गरिएको छ।

 

बैतडीमा परमानन्द भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपाले डोटीमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई टिकट दिएको छ। बाजुराबाट भने हालै नेकपा एमाले परित्याग गरेका प्रकाशबहादुर शाहलाई उम्मेदवार बनाइएको छ।

 

पार्टीले बाँकी क्षेत्रका उम्मेदवारसमेत चाँडै सार्वजनिक गर्ने जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.