धनुषाधाम । मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन–२०८२ को अन्तिम परिणाम सार्वजनिक भएको छ।
चारवटै कलष्टरमा भएका निर्वाचनमा फरक–फरक राजनीतिक दलका उम्मेदवारहरू निर्वाचित भएका छन्।
महिला कलष्टरतर्फ नेकपा (एमाले) की रेखा झाले ७ हजार २२२ मत ल्याउँदै विजयी भइन ।
अल्पसङ्ख्यक कलष्टरमा नेपाली कांग्रेसका रञ्जित कर्ण ८ हजार ९३ मतसहित निर्वाचित भए।
दलित कलष्टरमा नेपाली कांग्रेसकै धर्मेन्द्र पासवान ७ हजार ९०४ मतसहित विजयी भएका छन।
अन्य कलष्टरतर्फ जनता समाजवादी पार्टीका महन्थ ठाकुर ७ हजार ७२५ मत प्राप्त गरी निर्वाचित भए ।
निर्वाचन कार्यालयका अनुसार मधेस प्रदेशमा रहेको १०० प्रदेशसभा सदस्यहरूमध्ये ९९ जनाले तथा २६४ जना पालिका प्रतिनिधिमध्ये २४२ जनाले मतदानमा सहभागिता जनाएका थिए।
तपाईको प्रतिक्रिया