वीरगंज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार रिमा कुमारी यादवले वार्ड नं १० मा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि भएकी छिन ।
फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचार–प्रसार अन्तर्गत, यादवले यादवले आज बिरगंज महानगरपालिका–१० मा स्थानीय कार्यकर्ता, युवाहरु र आम जनता बीच भेटघाट गरि आफनो प्रतिवद्धताहरु बताएकी छिन ।
मुलुक निर्माणकोलागि नीति नियम मनाउने काममा आफनो भूमिका रहने उनले बताइन । कार्यक्रममा कार्यकर्ताहरूले एकताको भावना, उत्साह र पार्टीको लक्ष्यप्रतिको दृढता प्रकट गरे।
यादवल जनताको आवाजलाई सशक्त नेतृत्वमा बदल्ने हाम्रो प्रतिबद्धता ब्यक्त गरिन। महिला, युवा र सबै वर्गलाई समावेश गर्दै विकासलाई अघि बढाउने आफनो लक्ष्य भएको बताइन ।
कार्यक्रममा पार्टीको मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव , अजय गुप्ता प्रमोद साह लगायत स्थानिय नेताहरू, पार्टी कार्यकर्ताहरू, महिला अभियानकर्ता र स्थानीय युवाहरू पनि उपस्थित थिए, जसले आगामी निर्वाचनमा संगठनात्मक रुपमा अघि बढ्ने प्रतिवद्धता जनाए।
सहभागीहरूले रिमा यादवको नेतृत्व, स्पष्ट दृष्टिकोण र स्थानीय समस्याप्रतिको समझ प्रति प्रशंसा व्यक्त गरे। साथै, उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार विकास जस्ता मुद्दामा विशेष जोड दिने आश्वासन पाए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि सबै सहभागीहरूका बीच सकारात्मक उर्जा, मेलमिलाप र आगामी चुनावी यात्रामा नयाँ उत्साह देखिएको छ।
तपाईको प्रतिक्रिया