logo

वडा नं १० मा एमालेको कार्यकर्ता भेला,जनताको आवाजलाई सशक्त नेतृत्वमा बदल्ने उम्मेदवार यादवको प्रतिबद्धता

 इसीमाना सम्वाददाता     २०८२ माघ १२ गते ०९: २१ मा प्रकाशित     310   पटक पढिएको

वीरगंज ।  नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार रिमा कुमारी यादवले वार्ड नं १० मा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि भएकी छिन । 

 

फाल्गुन २१ गते हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचार–प्रसार अन्तर्गत, यादवले यादवले आज बिरगंज महानगरपालिका–१० मा स्थानीय कार्यकर्ता, युवाहरु र आम जनता बीच  भेटघाट गरि आफनो प्रतिवद्धताहरु बताएकी छिन ।

 

मुलुक निर्माणकोलागि नीति नियम मनाउने काममा आफनो भूमिका रहने उनले बताइन ।  कार्यक्रममा कार्यकर्ताहरूले एकताको भावना, उत्साह र पार्टीको लक्ष्यप्रतिको दृढता प्रकट गरे।

 

यादवल जनताको आवाजलाई सशक्त नेतृत्वमा बदल्ने हाम्रो प्रतिबद्धता ब्यक्त गरिन। महिला, युवा र सबै वर्गलाई समावेश गर्दै विकासलाई अघि बढाउने आफनो लक्ष्य  भएको बताइन   ।

 

 कार्यक्रममा पार्टीको मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव , अजय गुप्ता प्रमोद साह लगायत स्थानिय नेताहरू, पार्टी कार्यकर्ताहरू, महिला अभियानकर्ता  र स्थानीय युवाहरू पनि उपस्थित थिए, जसले आगामी निर्वाचनमा संगठनात्मक रुपमा अघि बढ्ने प्रतिवद्धता जनाए।

 

सहभागीहरूले रिमा यादवको नेतृत्व, स्पष्ट दृष्टिकोण र स्थानीय समस्याप्रतिको समझ प्रति प्रशंसा व्यक्त गरे। साथै, उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार विकास जस्ता मुद्दामा विशेष जोड दिने आश्वासन पाए।

 

 कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि सबै सहभागीहरूका बीच सकारात्मक उर्जा, मेलमिलाप र आगामी चुनावी यात्रामा नयाँ उत्साह देखिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.