logo

पार्टी भित्र अवसरवाद र आर्थिक अनियमितताले प्रश्रय पाएको भन्दै खेम कुमारी भुर्तेलले त्यागीन रास्वपा

 इसीमाना सम्वाददाता     २०८२ फागुन ६ गते ०५: १८ मा प्रकाशित     271   पटक पढिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संस्थापक सदस्य तथा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ मधेश प्रदेशको महोत्तरीबाट बाट उम्मेदवार बनेकी खेम कुमारी भुर्तेल (उर्मिला) ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्।

 

 

बागमती प्रदेश, काठमाडौंस्थित बुढानीलकण्ठ–७ निवासी भुर्तेलले विज्ञप्ति जारी गर्दै पार्टीको स्थापनाकालीन मूल्य, विधि–विधान र सार्वजनिक प्रतिबद्धताभन्दा हालको निर्णय तथा कार्यशैली विपरीत गएको अनुभव भएपछि आफूले राजीनामा दिनु परेको उल्लेख गरेकी छन्।

 

“राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराबाट प्रेरित भई पार्टीमा आवद्ध भएको स्मरण गर्दै उनले पार्टीभित्र चाप्लुसी प्रवृत्ति र आर्थिक प्रभाव बढ्दै गएको, सक्षम महिला तथा युवालाई व्यवहारमा अवसर नदिइएको तथा जिम्मेवारी वहन गर्ने ठाउँमा बेवास्ता गरिएको आरोप लगाएकी छन्।

 

उनले संगठनमा निरन्तर खटिएका क्षमतावान कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको, पार्टीभित्र भ्रष्टाचार बढेको तथा आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धी अपनाइएको पद्धति र निर्णय प्रक्रियाले पार्टीको सिद्धान्त र विधानसँग मेल नखाने जिकिर गरेकी छन्। ती गतिविधिहरूले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमान्यतामा आघात पुगेको उनको भनाइ छ।

 

“पार्टी संकटमा पर्दा पार्टी निर्माणमा मैले खेलेको भूमिका पार्टीपंक्ति र आम नागरिकलाई जानकारी छ,” विज्ञप्तिमा भनिएको छ, “तर यस्ता क्रियाकलापको साक्षी बसेर मौन रहन अब सम्भव छैन।”

 

उनले आजकै मितिबाट लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गर्दै पार्टीले प्रदान गरेको अवसर र चुनौतीप्रति आभार व्यक्त गरेकी छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.