logo

श्री मावि बिजयबस्तीमा नवनिर्वाचित साँसद शाक्य सम्मानीत

 इसीमाना सम्बाददाता     २०८२ फागुन २६ गते ०२: ०४ मा प्रकाशित     280   पटक पढिएको

वीरगंज । पर्साको क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधि सभाका सद्यसइ टेकबहादुर शाक्यलाई श्री विजयबस्ती माध्यामिक विद्यालयले आज सम्मान गरेको छ। शाक्य त्यही स्कूलका पूर्व बिद्यार्थी हुन ।

 

विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरूले फूलको गुच्छा, माला तथा खादा लगाएर  सम्मान गरेका थिए । 


 शाक्यले श्री मावि विजयबस्ती विद्यालयमा कक्षा १ देखि अध्ययन गरी बि.स. २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका हुन  । 

 


सम्मान कार्यक्रममा  शाक्यले  श्री मावि विजयबस्ती विद्यालयमा प्रवेश गर्दा आफूलाई बाल्यकालको स्मरण भएको बताए  ।

 

उनले  शैक्षिक गुणस्तर सुधारकालागि सबै मिलेर लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । आफूले  विद्यालयमा अध्ययन गर्दा हलो जोत्दै विद्यालय जाने, डेस्क नभएकाले इट्टामाथि बसेर पढ्नुपरेको अनुभव विद्यार्थीहरूलाई सुनाए ।

 

 अहिले विद्यालयमा केही सुधार भए पनि २१औँ शताब्दीको आवश्यकता अनुसार अझै धेरै सुधार आवश्यक रहेको बताउँदै आगामी दिनमा सरकारले शिक्षा नीतिमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 


विद्यालयका प्रधानाध्यापक नारायण लामाले आफूले वि.सं.२०४६ सालमा टेकबहादुर शाक्यलाई पढाएको स्मरण गर्दै आज उनी देशकै साँसद जस्तो गौरवमय पदमा निर्वाचित भएको खबरले आफू सहित सम्पूर्ण विद्यालय परिवार हर्षित भएको बताए  ।

 

 कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण शिक्षक फूर्वा लामाले गरेका थिए । कार्यक्रममा रास्वपा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.