logo

कमरेडहरुले छाडे कम्युनिष्ट भने ,नाताबाद कृपावाद र आर्थिक बिचलन मौलायो

 इसीमाना सम्वाददाता     २०८२ फागुन २७ गते ०४: ५३ मा प्रकाशित     263   पटक पढिएको

वीरगंज ।  नेकपा एमाले पर्सा जिल्ला संगठनभित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएको अवस्थामा पार्टीले फेरि ठूलो झट्का लागेको छ।

पकहॉंमैनपुर गाउँपालिका कमिटी अध्यक्ष तथा अखिल नेपाल पिछडावर्ग (OBC) महासंघका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज अकलेश कुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन । 

उनीसंगै पार्टीका जिल्ला कमिटी सदस्य प्रमोद पटेल र पकहा मैनपुर गाउँपालिका कमिटीका सचिव राजेश सहनी ले पनि  पार्टी परित्याग गरेको घोषणा गरेका छन । 

पार्टी परित्याग गर्नेहरुले पार्टीभित्र नातावाद, कृपावाद र आर्थिक चलखेल मौलाएको आरोप लगाउँदै पार्टी परित्याग गरेका छन।

 पार्टीभित्र विधि, पद्धति र सिद्धान्तभन्दा माथि व्यक्तिवाद र गुटगत स्वार्थ हावी भएको उनीहरुको आरोप छ।

उनीहरुले सच्चा कार्यकर्ताको त्याग र योगदानलाई बेवास्ता गर्दै सीमित व्यक्तिको स्वार्थअनुसार संगठन सञ्चालन भइरहेको आरोप लगाएका छन। “निर्णय प्रक्रियामा पारदर्शिता छैन, संगठनलाई व्यक्तिगत स्वार्थको साधन बनाउने प्रवृत्ति बढेको छ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन।

उनीहरुले  अनुसार यस्तो विकृत र अपारदर्शी अभ्यासलाई मौन समर्थन गरेर बस्नु आफ्नो राजनीतिक सिद्धान्त, नैतिकता र आत्मसम्मानसँग मेल नखाने भएकाले पार्टी छोड्ने कठोर निर्णय गर्नुपरेको बताएका छन।

ती नेताहरूले आगामी दिनमा सत्य, पारदर्शिता, सामाजिक न्याय र जनताको हितका पक्षमा दृढतापूर्वक उभिँदै सामाजिक तथा राजनीतिक रूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन।

एमाले पर्साभित्र पछिल्लो समय देखिएको गुटबन्दी र असन्तुष्टिका बीच प्रभावशाली स्थानीय नेताहरूको सामूहिक पार्टी परित्यागले जिल्ला संगठनभित्र थप हलचल मच्चाएको छ। राजनीतिक वृत्तमा यसलाई एमाले पर्साको संगठनात्मक संकटको संकेतका रूपमा हेरिएको छ।

महासंघका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज अकलेश कुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन । 
उनीसंगै पार्टीका जिल्ला कमिटी सदस्य प्रमोद पटेल र पकहा मैनपुर गाउँपालिका कमिटीका सचिव राजेश सहनी ले पनि  पार्टी परित्याग गरेको घोषणा गरेका छन । 

पार्टी परित्याग गर्नेहरुले पार्टीभित्र नातावाद, कृपावाद र आर्थिक चलखेल मौलाएको आरोप लगाउँदै पार्टी परित्याग गरेका छन।

 पार्टीभित्र विधि, पद्धति र सिद्धान्तभन्दा माथि व्यक्तिवाद र गुटगत स्वार्थ हावी भएको उनीहरुको आरोप छ।

उनीहरुले सच्चा कार्यकर्ताको त्याग र योगदानलाई बेवास्ता गर्दै सीमित व्यक्तिको स्वार्थअनुसार संगठन सञ्चालन भइरहेको आरोप लगाएका छन।

“निर्णय प्रक्रियामा पारदर्शिता छैन, संगठनलाई व्यक्तिगत स्वार्थको साधन बनाउने प्रवृत्ति बढेको छ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन।

उनीहरुले  अनुसार यस्तो विकृत र अपारदर्शी अभ्यासलाई मौन समर्थन गरेर बस्नु आफ्नो राजनीतिक सिद्धान्त, नैतिकता र आत्मसम्मानसँग मेल नखाने भएकाले पार्टी छोड्ने कठोर निर्णय गर्नुपरेको बताएका छन।

ती नेताहरूले आगामी दिनमा सत्य, पारदर्शिता, सामाजिक न्याय र जनताको हितका पक्षमा दृढतापूर्वक उभिँदै सामाजिक तथा राजनीतिक रूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन।

एमाले पर्साभित्र पछिल्लो समय देखिएको गुटबन्दी र असन्तुष्टिका बीच प्रभावशाली स्थानीय नेताहरूको सामूहिक पार्टी परित्यागले जिल्ला संगठनभित्र थप हलचल मच्चाएको छ। राजनीतिक वृत्तमा यसलाई एमाले पर्साको संगठनात्मक संकटको संकेतका रूपमा हेरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com

© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.