logo

हरिखेतानमा एक्कासी परिक्षा रद्ध, बिद्यार्थी आक्रोशित प्रशासन बिरुद्ध नारावाजी,प्रहरीद्वारा लाठीचार्ज

 इसीमाना सम्वाददाता     २०८२ चैत ८ गते ११: ०० मा प्रकाशित     302   पटक पढिएको

वीरगञ्ज ।   प्रहरीले ज्यादती गरेको विरोधमा हरिखेतान कलेजका विद्यार्थीहरूले वीरगञ्जको घण्टाघर चौकमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।  

 

क्याम्पस परिसरभित्रै प्रवेश  गरी प्रहरीले आफूहरूमाथि लाठी प्रहार गरेको आरोप लगाएका छन्।

क्याम्पस ड्रेसमा रहेका बिदार्थीमाथि पर्साका डिएसपीको नेतृत्वमा रहेको प्रहरी टोलीले लाठी चार्ज गरेको भन्दै बिद्यार्थीले डिएस्पी क्याम्पस प्रमुख र क्याम्पस ब्यवस्थापनसंग सम्बध ब्यक्तिहरुलाई कारवाही हुनु पर्ने माँग गरेका छन । 

May be an image of one or more people, crowd and text

हरिखेतान क्याम्पसमा आजदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को टर्मिनल परीक्षा कलेज प्रशासनले अन्तिम समयमा आएर रद्द गरे पछि बिद्यार्थी बिरोधमा उत्रिएका थिए ।

 

 बिद्यार्थीले क्याम्पस प्रशासन बिरुद्ध नाराबाजी गर्दै क्याम्पस परिसरमै प्रदर्शन गरेका थिए।

 

, प्रदर्शनका क्रममा विद्यार्थीहरू तोडफोडमा उत्रिएपछि सामान्य ठेलमठेल मात्र भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

 तर विद्यार्थीहरूले घटनामा कलेज प्रशासनकै लापरवाही रहेको र प्रहरीले अत्यधिक बल प्रयोग गर्दै आफूहरूमाथि लाठी प्रहार गरी कुटपिट गरेको आरोप लगाएका छन्।

 

विद्यार्थीहरूको विरोधका कारण हाल घण्टाघर क्षेत्रको मुख्य सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था सामान्य बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.