logo

बस्तुनिष्ठ समिक्षा आवश्यक भन्दै नेकपा एमालेका उपमहासचिव भट्टराईले माँगे सुझाव

 इसीमाना सम्वाददाता     २०८२ चैत ९ गते ०३: ५७ मा प्रकाशित     200   पटक पढिएको

वीरगंज । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सार्वजनीक अपिल मार्फत फाल्गुण २१ को चुनावमा नेकपा एमालेको पराजय बस्तुनिष्ठ समिक्षाकालागि राय सुझाव माँगेका छन ।

 

उनले आफनो फेसबुक पेज मार्पत यस्तो अपिल गरेका हुन । उनले लेखका छन देश तथा प्रवासमा रहनु भएका नेकपा एमालेका कमरेडहरू, बुद्धिजीवी मित्रहरु, दाजूभाई तथा दीदीबाहिनीहरु, 

हार्दिक अभिवादन 

 

२०८२ फागुन २१ गते सन्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण नतिजा आईसकेको छ । निर्वाचनको परिणामले एमालेलाई ठुलो धक्का लागेको छ । नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पूग्यो ? यसको वस्तुनिष्ठ समिक्षा हुनुपर्दछ उनले लेखेका छन । 


उपमहासचिव भट्टराइले समिक्षा आग्रह भन्दा माथि उठेर गरिनु पर्दछ भन्दै  फेरी पनि एमालेको एकता, रूपान्तरण, पुर्नगठन र पुनर्जागरणका लागि नयाँ संकल्प सहित अघि बढ़नु पर्ने लेखेका छन ।

 

समिक्षा मार्फ़त जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न हल हुनेछ भन्दै उनले  निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा कुन कुन कारण होलान ? र किन?  ( नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेण्डा, प्रचार आदि) आन्तरिक र बाह्य कारण ?


 एमालेको रूपान्तरणका लागि कुन कुन पक्षमा के के सुधार गर्नु पर्ला ? सुधारका प्रस्ताव सहित । अनि रूपान्तरणको विधि र प्रक्रिया बारेमा ।

 

 त्यस्तै एमालेका सबल र कमजोर पक्ष अनि एमालेको संभावना बिषयमा आफनो राय सुझाव दिन उनले अपिल गरेक हुन । उनले अपिल प्रेषित गर्नकालागि ठेगाना समेत दिएका छन । 

Email: yoheshb44@gmail.com
WhatsApp: + 9779851023656
योगेश भट्टराई
उप महासचिव, नेकपा एमाले

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.