जनकपुरधाम ६भदौ । प्रदेश नं. २को मन्त्री परिषदको बैठक आज सागर नाथ वन विकास परियोजनाको कार्यालयमा सम्पन्न भएको छ ।
बन र चुरेको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको सन्देश दिने उद्देश्यका साथ मन्त्री परिषको बैठक सागरनाथ बनमा गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए ।
मन्त्री परिषदको उक्त बैठकले प्रदेशको आठ वटै जिल्लामा १ सय ९५ हेक्टरमा वृक्षारोपण गर्ने , सागरनाथ लगायतका प्रदेश भित्रका वनहरुको संरक्षण सम्बद्र्धन गर्ने , निगमको नाउमा संघीय सरकारले वन फडानी गर्न गरि रहेको प्रपंच विरुद्ध कडारुपमा प्रस्तुत हुने , चुरे संरक्षणका लागि अहिले भै रहेको अनियन्त्रित उत्खननमा तत्काल रोक लगाउने, गैरकानूनी बसोवासलाई नियन्त्रण गर्ने जस्ता निर्णय हरु गरेको प्रवक्ता यादवले बताए ।
त्यसै गरि मन्त्रीपरिषदको बैठकले प्रदेशका निजामति कर्मचारीहरुलाई प्रोत्साहित गर्न आन्तरिक पर्यटन निर्देशिका लाई समेत स्वीकृति प्रदान गरेको छ ।
मन्त्री परिषदको वैठकले बीरगंजमा प्राविधिक विश्वविद्यालयको स्थापना सम्बन्धी विधेयक लाई सैद्धान्तिक सहमति दिनुका साथै संघीय सरकारले प्रदेश नं. २मा अनियन्त्रित तवरले बाँडि रहेको पेट्रोल पम्प र ग्यास डिपोको लाइसेन्स प्रदेशको निर्देशिका तयार नहुञ्जेल सम्म वितरणको कार्य रोक्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ।
सागरनाथ वनको स्वामित्वको विषयमा संघीय सरकार विरुद्ध प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
अदालतमा बिचाराधिन मुद्धाको किनारा नलाग्दै प्रदेश सरकारले आफनो मन्त्री परिषदको वैठक सागरनाथ वनको कार्यालयमा गरेको हो ।
तपाईको प्रतिक्रिया