logo

कोरोना महामारी बीच मनोभावनाको नि:शुल्क मनोपरामर्श सेवा अब घरै बसेर वेबसाइट र मोबाइल एप मार्फत लिन सकिने ।

      २०७८ सावन ३२ गते ००: ०० मा प्रकाशित     2038   पटक पढिएको

पछिल्लो दुई वर्षदेखि विश्वभरका मान्छेहरु कोरोना संक्रमण र यसका असरबाट पीडित छन् । यस्ता महामारीको बेला विश्वभर नै मानसिक समस्या वृद्धि भइरहेको छ । 

कोरोना संक्रमणको यो बेला समस्या समाधानको लागि विज्ञसँग सिधै भेट्न पनि गाह्रो छ । नेपालमा पनि मेन्टल हेल्थका समस्या वृद्धि भएका छन् । 

यस्तै समस्या समाधान गर्नका लागि मेन्टल हेल्थ, वेलनेस र करियर सम्बन्धि सेवाहरु उपलब्ध गराउन अनलाइन सेवा सुरु भएका छन् । त्यसमध्येको एक हो मनोभावना सेवा । 

पिपुल डेभलपमेन्ट ल्याब (पीडीएल)ले मोबाइल एप र वेबसाइटको माध्यमबाट मेन्टल हेल्थ र साइको थेरापी सेवा उपलब्ध गराउन सुरु गरेको छ । 

यसको लागि पिपुल डेभलपमेन्ट ल्याबको वेबसाइट मनोभावना डट कम र एन्ड्रोइड एपमा मनोभावना सेवा उपलब्ध रहेको पीडीएलका संस्थापक किशोर अधिकारीले बताए । 

‘अनलाइनबाट मनोभावना सम्बन्धि खासगरी मेन्टल हेल्थ, वेलनेस, करियरसम्बन्धित सेवा उपलब्ध गराउँछौं,’ अधिकारीले भने, ‘अहिले एन्डोइड एप्लिकेसनमा मनोभावना र मनोभावना डटकममा यो सेवा उपलब्ध छ ।’ 

हुन त मनोभावना सेवा सुरु भएको एक वर्ष भइसकेको छ । तर, पूर्ण रुपमा अनलाइन सेवा सुरु हुन सकेको थिएन । पूर्णरुपमा मनोभावनाको अनलाइन सुरु भएको दुई हप्ता र एप्लिकेसनमा आएको एक हप्ता भएको छ । अहिलेसम्म २ सय जनालाई मनापरामर्श सेवा उपलब्ध गराइसकेको अधिकारीले बताए । 

यस्तो सेवा खासगरी नेपालको सहरी क्षेत्रमा बस्ने, अमेरिका, अष्ट्रेलिया, मलेसिया, मध्यपूर्वका देशहरुमा बस्ने धेरै लिने गरेको अधिकारीले बताए । ति ठाउँमा बस्नेहरु धेरै व्यस्त, तनावमा पनि हुने भएकाले बेलाबेलामा यस्ता सेवा लिन पर्ने उनको भनाइ छ। 
मेन्टल हेल्थ समस्या भएका, तनाव बारम्बार भइरहने, पारिवारिक समस्या भएका व्यक्तिहरुले यो सेवा लिनुपर्छ । 

त्यसैले उनले मेन्टल हेल्थ समस्यालाई पहिलो प्राथमिकतामा राखेर सेवा उपलब्ध गराइरहेका छन् । कोभिडको कारणले पनि मेन्टल हेल्थका समस्या बढेको उनी बताउँछन् । अहिले परामर्श विज्ञ भेट्न पनि गाह्रो छ । 

मेन्टल हेल्थ समस्या नभएका तर केही न केही इमोसनल इस्यु भइरहने, झैझगडामा पर्ने, आफैलाई पनि नराम्रो लागिरहनेलाई पनि यो सेवा उपलब्ध रहेको अधिकारीले बताए ।  

साइको थेरापी र काउन्सिल भनेको प्रोसस भएको र समस्या पत्ता लगाएर समस्या समाधान गरिने उनी बताउँछन् । मेन्टल हेल्थको विषय औषधिले मात्र नभएर परामर्श पनि समस्या समाधानका लागि महत्वपूर्ण हुने अधिकारी बताउँछ । 

कसरी लिने सेवा

मनोभावनाबाट मनोपरामर्श सेवा लिनको लागि दुई अप्सन छन् । पहिलो मनोभावना डट कम र अर्को हो मोबाइल एप मनोभानाव । अहिले मोबाइल एप एन्ड्रोइडमा मात्र उपलब्ध छ । 

अनलाइनमा गइसकेपछि तपाईंले आफ्नो अकाउन्ट बनाउनु पर्छ । त्यसपछि तपाईलाई केही सामान्य प्रश्नहरु सोधिन्छ । ति प्रश्नपछि तपाईंले आफ्नो समस्या राख्न सक्नुहुन्छ । 

लगइन भइसकेपछि तपाईंले दिएको प्रश्नको उत्तरको आधारमा तपाईंलाई आवश्यक पर्ने मनोपरामर्श विज्ञ उपलब्ध गराइन्छ । जुन तपाईंको समस्या समामाधान गर्ने विज्ञ हुनेछन् । 

तपाईं दर्ता हुने बित्तिकै म्यासेज आदनप्रदान सेवा उपलब्ध हुन्छ । जुन पाँच दिनसम्म निःशुल्क उपलब्ध हुन्छ । तपाईंले म्यासेज पठाएर आफ्नो समस्या राख्न सक्नुहुन्छ र हरेक दिन तपाईंको म्यासेज हेरेर विज्ञबाट समाधानका उपाय बताइन्छ । यो सेवा पाँच दिनसम्म निशुल्क उपलब्ध हुन्छ । 

अधिकारीकाअनुसार यो निशुल्क सेवा वेबसाइट वा एपमा पहिलो पटक दर्ता भएका प्रयोगकर्तालाई पाँचसम्म रहेको छ । पाँच दिनपछि म्यासेजबाट लिने सेवा बन्द हुन्छ । 

त्यसपछि उसले उक्त काउन्सिल सेवा निरन्तर गर्न चाहेमा अनलाइनबाट उपलब्ध हुने अन्य प्याकेज लिनुपर्ने हुन्छ । निशुल्क म्यासेज बन्द भएपछि तपाईले थप शुल्क तिरेर म्यासेजबाट पनि परामर्श लिन सक्नुहन्छ । जसको लागि एक हप्ताको लागि ६ सय ३० रुपैया शुल्क तोकिएको छ। 

तपाईंले अब अनलाइनमा ‘वान टु वान सेसन’ पनि लिन सक्नुहुन्छ । यसको बेवसाइट वा एप्लिकेसनमा जुम जस्तै ‘फेस टु फेस’ कुरा गर्न सकिने सिस्टम उपलब्ध छ । यो बुक गरिसकेपछि उक्त सेवा लिन सकिन्छ । यस सेवाको लागि एक घण्टाको एक हजार शुल्क तोकिएको छ ।

अर्को भनेको विभिन्न सेवाहरुलाई एकीकृत गरेर प्याकेज बनाइको छ । जस्तो कि एउटा ४० दिनको प्याकेज हुन्छ । यसमा ‘वान टु वान सेसन’, ‘फेस टु फेस’, म्यासेज लगायतका सुविधा हुन्छन् । यसमा विभिन्न तरिकाले छलफल भइरहेको हुन्छ । यसको मूल्य ४ हजार ५ सयदेखि सुरु भएर १० हजारसम्म छन् । यो ६ महिनासम्म सेवा दिन सकिन्छ । 

‘फेस टु फेस सेसन’ अर्थात भेटेर लिने सेवा पनि रहेको छ । तर, अनलाइन सेवालाई नै प्राथमिकतामा राखेकाले भेटेर लिने सेवाको लागि अलि बढी शुल्क राखिएको अधिकारी बताउँछन् ।

कसैलाई एन्जाइटी, डिप्रेसन छ भने त्यस किसिमको विरामीको लागि पनि विभिन्न प्याकेज बनाइएको छ । करियर डिसिजनको लागि पनि प्याकेज नै बनाएको अधिकारीले बताए ।  

कसैलाई एन्जाइटी छ, मन डराइ रहन्छ, सुत्न गाह्रो हुन्छ भने काम एण्ड रिल्याक्ससेसन प्योकेज छ । ‘हाम्रो अध्ययनले के भन्छ भने हप्ताको एक चोटी गरेर पाँच सेसन भयो भने ठिक हुदोरहेछ,’ अधिकारीले भने ।  

यि प्याकेज लिँदा सम्बन्धि विज्ञसँग सम्पर्क भएर कुराकानी सुरु हुन्छ । कुनै कुनै प्याकेजमा ‘फेस टु फेस’ पनि भेट्नु पर्ने हुनसक्छ । भेट्ने सुविधा पनि छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज कलेजमा बिदाई कार्यक्रम,अनुशासन पालनामा जोड

वीरगंज । वीरगंज कलेजले १२ कक्षाको परिक्षामा सामेल हुने आफनो कलेजका बिद्यार्थीहरुको बिदाई कार्यक्रम गरेको छ ।

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.