रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
गाउँपालिका अध्यक्षले पाँचगावा बजारदेखि रंगपुरसम्मको सडक निर्माण योजनाअन्तर्गत बाँकी रहेको घसुकपुरदेखि रंगपुरसम्मको करिब एक किलोमिटर सडक कालोपत्रे गर्ने प्रक्रिया पूरा गरी निर्माण कार्य प्रारम्भ गर्न लागेको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरिएको हो।

स्थानीयवासीले लामो समयदेखि प्रतीक्षा गरिरहेको सडक निर्माणलाई प्राथमिकतामा राखेर ठेक्का प्रक्रिया पूरा गरी काम अघि बढाउन लागेकोमा अध्यक्ष यसवन्त यादव तथा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीप्रति आभार व्यक्त गरेका छन्।
पटेर्वा सुगौली गाउँपालिका वडा नं २ का अध्यक्ष बिजय गैरेले “यस महत्वपूर्ण विकास कार्यलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुभएकोमा प्रिय भाइ तथा सम्पूर्ण गाउँपालिका परिवारप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु।” भनेर आफ्नो सामाजिक सञ्जालमा लेखेका छन ।
बाँकी सडक निर्माण सम्पन्न भएपछि पाँचगावा बजारदेखि रंगपुरसम्मको आवागमन सहज हुनुका साथै स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएको छ।
तपाईको प्रतिक्रिया