logo

सहयोग जुटाउदै पहल

      3/19/2017 गते 00 00 मा प्रकाशित     1281   पटक पढिएको


बीरंगज ६चैत

क्यानडामा रहदै आएका वीरगन्ज १४ का सृजन चौरसियाले छपकैयामा रहेको अनाथलय ( यतिमखाना) का बालकहरुलाई खाद्यान्न सहयोग गरेका छन । वीरगन्जको पहल नामक संस्थाको सक्रियतामा क्यानडाबाट सृजनले पठाएको ८ हजार ५ सय बराबरको तीन बोरा चामल, एक बोरा दाल, एक एक बोरा प्याज र आलु एक कार्टुन खानेतेल यतिमखानालाई सहयोग गरिएको  हो । पहलको समन्वयमा सृजनकी बहिनी ज्योती चौरसिया र ज्वाई संदीप चौरसियाले यतिमखानाका मौलाना अलि असगर मदनीलाई खाद्यान्न हस्तान्तरण गरेको पहलका अध्यक्ष दिलिपराज कार्कीले बताए  । खाद्यान्न हस्तान्तरण कार्यक्रममा पहलका सहसचिव रजनिश कुमार कलवार यतिमखानाका बालकहरुको उपस्थिति रहेको थियो । यतिमखानामा ८४ जना बालकहरु आश्रित रहेका छन् । यस्तै वीरगन्ज वडा नम्बर २८ की पूmलकुमारी देवी डोमलाई पनि आर्थिक सहयोग गरिएको  छ । आदर्शचोक दलित वस्तीमा बस्दै आएका जोगी राउत डोमकी श्रीमती पूmलकुमारी देवीको विगत पाँचदिनदेखि नारायणी उपक्षेत्रीय अस्पतालमा टिबी रोगको उपचार भईरहेको छ । गरिब परिवारका डोमकोे उपचारका लागि अस्पतालमानै बस्नुपर्ने भएकोले कमाउन जान पनि नपाएपछि उनकी श्रीमतीलाई आवश्यक फलपूmल तथा खानेकुरा खरिद गर्न समेत रकम अभाव भएकोले दुईहजार एकसय रुपैंया सहयोग गरेको पहलका अध्यक्ष दिलिपराज कार्कीले बताए । पूmलकुमारीको नारायणी उपक्षेत्रीय अस्पतालमा निःशुल्क उपचार भईरहेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.