logo

बाढीपीडितलाई ठोरी गाउँपालिकाको ११ लाख सहयोग

 इसीमाना सम्वाददाता     २०८३ भदौ १५ गते ०८: २१ मा प्रकाशित     415   पटक पढिएको

वीरगञ्ज । ठोरी गाउँपालिकाले भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि ११ लाख सहयोग गर्ने निर्णय गरेको छ।

 

गाउँपालिकामा सोमवार बसेको कार्यपालिका बैठकले ठोरी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको तलब तथा भत्ताबाट प्राप्त हुने रकम र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम जुटाई जम्मा  ११ लाख सहयोग गर्ने निर्णय गरेको हो।

 

त्यसैगरी, ठोरी गाउँपालिकाका सम्पूर्ण कर्मचारीबाट संघीय सरकारको निर्णयअनुसार तोकिएको रकम बाढीपीडितका लागि सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको अध्यक्ष लाल बहादुर श्रेष्ठले जनाए।

 

बाढीबाट प्रभावित परिवारलाई थप राहत तथा सहयोग आवश्यक रहेकाले गाउँपालिकाले अन्य स्रोत तथा इच्छुक सहयोगी व्यक्ति र संस्थाबाट समेत सहयोग संकलन गर्ने जनाएको छ।

 

ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले विपद्मा परेका नागरिकलाई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

 

उनले आवश्यकता र क्षतिको अवस्थाअनुसार थप सहयोग जुटाउन समेत गाउँपालिकाले पहल गर्ने जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।

ठोरी–४ विजयबस्तीमा प्रहरी भवन र स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा नेपाल प्रहरीको नवनिर्मित भवन र निर्मल बस्ती स्वास्थ्य चौकीको नयाँ भवन एकै दिन उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.